सुर्खेतमा सोच समूह गठन


२० नाधेका युवाहरूले पनी आआफ्नो गाँउ ठाँउ टोलहरूमा ‘सोच समूह’ गठन गर्नोस। अभ्यासले शारीरिक मांसपेशी बलियो हुन्छ भने निरन्तर सकारात्मक सोचले मानसिक शक्ति लाई सिर्जनशिल बनाउंछ । यो मेरो बिस्वास हो। -कर्ण शाक्य

16996484_272959843135099_8189566441124600123_n२१ फागुन, सुर्खेत । चर्चित व्यक्तित्व एवं सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको देश व्यापी अभियान सोच समूह गठन कार्य आज सुर्खेतको वीरेन्द्रनगरमा पनि गठन भएको छ  ।

bbसुर्खेतका सामाजिक अभिन्यता जीवनकुमार शाक्यको संयोजकत्वमा सुर्खेत सोच समूह गठन भएको हो । देश अहिले नकारात्मक सोच एवं हिनताबोधले ग्रस्त भएको अवस्थामा सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको सोच समूह गठन गर्ने अभियानमा आफूहरुपनि सो अभियानमा सहभागि हुन पाएकोमा गौरवको महशुस गरेको अभियानमा सामेल सुर्खेतका विभिन्न व्यक्तित्वहरुले बताउनुभएको छ ।

कार्यक्रममा गणेश वलीले सकारात्मक सोचका अभियन्ता कर्ण शाक्यको सन्देश पढेर सुनाउनुभएको थियो भने कुमारबहादुर ढकालले सोच अभियानको उदेश्य तथा नियमहरु सुनाउनुभएको थियो ।

कार्यक्रममा शिक्षक नारायण सिक्देलले सकारात्मक सोच राखी हुदैन भन्ने भावनालाई त्यागी कुनै पनि काम गरेमा सफल भएको आफ्नो अनुभव रहेको बताउँदै आफू सँधै सकारात्मक सोच राखी अगाडी बढी रहेने र यस्तै कार्यले सफलता पनि पाउने बताउनुभयो ।

कार्यक्रममा कुमारबहादुर ढकाल, टिकाराम आचार्य, गणेश वली, धना शाही, मणिप्रसाद पोखरेल लगाएतले आ-आफ्नो भनाई राख्नुभएको थियो ।

ssप्रत्येक महिना संयोजक परिवर्तन हुने सोच अभियानको नियम रहेको सुर्खेत सोच समूहका संयोजक जीवनकुमार शाक्यले बताउनुभयो ।

soch