
नेपालगन्ज (बाँके) । जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्षका राज कुमार वर्माले आफनो जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरी भादौं ६ गते शनिवार जन्म दिवस मनाउनु भएको छ ।
जानकी गाउँपालिका वार्ड नं.–३ मानपुर स्थित होटल पौवामा आयोजित रक्तदान कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्माले आफनो जन्मदिनको अवसरमा आफू रक्तदान गरी जन्म दिवस मनाउनुभएको हो ।
कार्यक्रममा समाजसेवी, जनप्रतिनिधि, स्वयंसेवी रक्तदाता, सुरक्षकर्मी सहित ६जना महिला ४२ जना पुरुष गरी ४८ जनाले रक्तदान गरेका छन् ।
कार्यक्रममा जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक राजकुमार वर्मा, बिजय कुमार वर्मा, राजेन्द्र सिंह, राजेन्द्र धोबी, मीरा देबी कुर्मी, पवन कुमार कुर्मी, बीरेन्द्र कुमार वर्मा, प्रमीन थारु, बिजय कुमार वर्मा कुर्मी, गजेन्द्र कुमार वर्मा, बिक्रम वर्मा, धनेन्द्र शाही, पासाङ्ग गेल्जे शेर्पा, अमीन दर्जी, आरती देबी वर्मा, सीताराम यादव, शशी कुमार रैदास, भूपेन्द्र ओली, बिकास सोनार, सुनिता चौधरी, मनिषराज यादव, रमेश कुमार गोडिया, गौतम वर्मा, करण कुमार वर्मा, होटल पौवाका सुनिल खनाल, राम प्रसाद महाउत, अनिल कुमार यादव, अस्मिता गिरी, कविराम वर्मा, प्रमोद कुमार हरिजन, अनुष्का खडका, दिपकराज वर्मा, भिम ओली, अमिश बिक, कन्धई रैदास, बिनय कुमार यादव, मन्दिरा बिष्ट, राज कुमार पासी, रबि वर्मा, पंकज वर्मा, सुधीर गोडिया, दिपेन्द्र खत्री, जोगराज वर्मा, अनिल कुमार वर्मा, राम शरण यादव, नकुल बुढाक्षेत्री लगायत ४८ जनाले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८का वडाध्यक्ष दीपक कुमार वर्माले रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गर्नुभयो । यसैगरी रक्तदान कार्यक्रममा समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, फाउण्डेसनका पदाधिकारी र सबदल अभियानका पदाधिकारी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा लगायतको सहभागिता रहेको थियो ।
उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटा, महेश राना, रशमी रेग्मी, मनिषा रेग्मी, लोकश थारु, सञ्जय बढहीले प्राविधिक सहयोग गर्नुभएको थियो भने अन्यमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका तथा शतक रक्तदाता पवन जायसवाल, कोमल वर्मा र अञ्जली वर्माले सहयोग गर्नुभएको थियो ।
प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ प्राविधिक सोम प्रकाश सापकोटाले जानकी गाँवपालिका वार्ड नं.–३ –का वडाध्यक्ष तथा सबल अभियानका संस्थापक समेत रहेका राज कुमार वर्मालाई रक्तदान कार्यक्रमको आयोजना गरे बापत स–धन्यवाद प्रमाण–पत्र प्रदान गर्नुभएको थियो ।




Prawash Kumar Shakya । ६ भाद्र २०८३, शनिबार १९:२३ बजे