”वाह … भगवान,


एकजना भिखारी,
‘मन्दिर’ को बाहिर बसेर भिख
माग्दै
थियो,
मन्दिर भित्र बाहिर अनेकौं भक्त
हरु
जान्थे आउथे,
तर कसैको नजर
त्यो भिखारी मा परेन, कसैले
उसलाई
भिख दिएनन,
न भक्त हरु ले न पुजारी ले … उ
खालि हात
त्यहाँ बात
उठेर ‘मस्जिद’
मा गयो,
त्यहाँ नि उसलाई कसैले भिख
दिएनन …
भिखारी त्यहाँ बाट निस्किएर
‘चर्च’
मा गयो,
चर्च मा पनि कसैको ध्यान उ
प्रति गएन,
उसलाई कसैले ध्यान दिएनन … उ
‘गुरद्वारे’ गयो,
त्यहाँ बाट पनि उसले खालि हात
फर्किनु पर्यो, निरास भिखारी,
थाकेर गएर उही पुरानो ‘भाउजु
को भट्टी’
पसल को बाहिर बस्यो, केहि बेर
मा त्यहाँ बाट
‘जड्याहा’ मानिस
हरु निस्किन थाले,
निरास भिखारी लाइ त्यहाँ देखेर
‘जड्याहा’ को मन रसायो,
सबैले उसको हात
मा केहि पैसा राखिदिए, नभन्दै
भिखारी को हात
मा टन्नै
पैसा भयो,
खुशी भयो,
अनि आकास तिर फर्केर हेर्दै
भन्यो-
”वाह … भगवान,
बस्छौ कहाँ अनि ठेगाना दिन्छौ कहाँ …..”
जड्याहा जहिले नि ‘महान’
थियो ‘महान’
छ र ‘महान’ रहन्छ’