काफल फालिएको पीडितलाई रु ५ हजार सहयोग


तस्विरः वब्वी श्रेष्ठ ।

सुर्खेत, जेठ ८ । वीरेन्द्रनगर नगरपालिकाको सिटी बसपार्क क्षेत्र नजिकै फुटपाथ व्यवस्थापनका क्रममा काफल बिक्री गरिरहेकी एक महिलाको सामान फालिएको घटनापछि पीडितलाई थप आर्थिक सहयोग प्राप्त भएको छ।

यसै क्रममा बुटवल उपमहानगरपालिका वडा नं. १ निवासी महेन्द्र लिंगलले पीडितका लागि रु ५ हजार सहयोग प्रदान गरेका छन्। उक्त रकम सुर्खेत जिल्ला वीरेन्द्रनगर वडा नं. ९ निवासी मिलन श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो।

स्थानीय धमिला चौलागाईले सहयोगदाताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। यसअघि नगरपालिकाले पनि घटनाप्रति क्षमायाचना गर्दै पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरिसकेको थियो।