
२४ असार, सुर्खेत । बढ्दो आर्थिक संकट, तरलता अभाव एवं चर्कदो बैंकिंग ब्याजविरूद्ध नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकको ध्यानाकर्षणसहित समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकको सुर्खेत कार्यालयमार्फत आज सुर्खेत उद्योग बाणिज्य संघ ज्ञापनपत्र बुझाएको छ ।
संघले ज्ञापनपत्र बुझाउनुका साथै बैंकको मूल गेटमा एक घण्टा धर्ना पनि दिएको थियो । ज्ञापनपत्रमा १) बैंकहरुले यसअघि प्रवाह गरिएको कर्जामा ग्राहकको माग र आवश्यक्ता बमोजिम न्यूनतम ब्याजदर कायम गरी निश्चित प्रतिशत पुनःकर्जाको अविलम्ब व्यवस्था गर्नुपर्ने । २) यस वर्ष बैंक ब्याजको किस्ता तिर्ने समय कम्तिमा ६ महिना थप गर्नुपर्ने । माग राखिएको छ ।
Prawash Kumar Shakya । २४ असार २०७९, शुक्रबार १४:३६ बजे