साउन १ देखि ‘ग्रे’ लिष्टका मोबाइल फोन बन्द हुँदै । यसरी दर्ता गर्न सकिन्छ IMEI


१४ असार, सुर्खेत । सरकारले गत जेठ १ गते देखि लागु गरेको MDMS प्रणाली साउन १ देखि पूर्णरुपमा लागु गर्ने जनाएको छ । यसअघि नेपाल दुरसञ्चार प्राधिकरणले ८० लाख ६० हजार हजार मोबाइल आईएमईआई नम्बरहरु प्रणालीमा देखिए पनि दर्ता नभएको जनाएको थियो ।

प्राधिकरणले ३० भदौ २०७९ देखि ३१ वैशाख २०८० सम्म भन्सार नतिरी विदेशबाट ल्याइएका फोनहरु ‘ग्रे लिस्ट’ (खैरो सूची) मा जनाएको छ । ग्रे लिष्टमा परेका फोनहरुलाई राजश्व तिरी IMEI दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

आर्थिक विधेयक २०८० को दफा २४ मा उल्लेख भए अनुसार MDMS प्रणालीमा विभिन्न कारणले दर्ता हुन नसकेका सेलुलर मोबाइल फोन सम्बन्धित मोबाइल फोन प्रयोगकर्ताले २०८० असार मसान्तसम्ममा मोबाइल फोनको IMEI नम्बर समेत उल्लेख गरि एकमुस्ट महसुल बापत रकम जम्मा गर्न सक्ने व्यवस्था अनुरुप सम्बन्धितले अनलाइन फारम र राजश्व भुक्तानी गरि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

IMEI नम्बर दर्ता गर्न निम्न प्रकृया अपनाउनुहोस

दर्ता भएनभएको हेर्न https://mdms.nta.gov.np/public?fbclid=IwAR0-XnS4MLI0V4Bqc9SfqUuEvktlEJjSBONoNqmoo0hHimheUPswyq3geP4

ग्रे लिष्टमा परेका IMEI दर्ता गर्नकोलागि https://mdms.nta.gov.np/grey-registration?fbclid=IwAR0_icoJZpvtqAr4nQdkCO_dVP8qBAXxjQiwHjQ9GhMdmg3RA2OgDQjJMaU