विश्व मानचित्रमा नेपाल छुट्टै भौगोलिक बिशेषता भएको देश हो । यस भित्र परापुर्व कालदेखि केहि सभ्यताहरु रहि आएका छन्,जस भित्र विभिन्न जातजातीहरु विकसित भएर आएका छन् । ती सभ्यताहरु मध्य एक महत्वपूर्ण सभ्यता हो नेवाः सभ्यता । नेवाः सभ्यतामा यसका आफ्नै भाषा, लिपि, कला, संस्कार, संस्कृत, जात्रा, पर्व, भेषभूषा, बाजागाजा आदि रहेका छन् जो विश्व सामु नेपाल राष्ट्रकै प्रतिनिधित्व गरि रहेको सबै अवगत नै छन् ।
नेवाः सभ्यताको उद्गम थलो काठमाडौं उपत्यका हो तर इतिहासमा हेर्दा विभिन्न काल खण्डमा विभिन्न कारणले त्यहाँका धेरै नेवाहरु बसाई सराई गर्दे आएको पाईन्छ । यात्राका क्रममा नेपालको पूर्व देखि पश्चिम तराई देखि पहाड सम्म बस्ती बसाउदै बसोवास गर्न पुगे । नयाँ क्षेत्रमा जीविकोपार्जन गर्दे स्थापित हुने क्रममा आफुसंगै आफ्ना भाषा, कलासंस्कृति, बाजागाजा आदि लिएर आए तापनि समयक्रम अनुसार नयाँ पुस्तामा पुस्तान्तरण हुन नसक्दा यी कुराहरु बाहिरी क्षेत्रमा बिस्तारै लोप हुदै गइरहेको हामि सबैले महशुस गरेका छौं ।
हाम्रो भाषा, कला, सँस्कृति आदि भनेका हाम्रो पहिचान हो जुन हाम्रो जीवनसंग गांसिएको हुन्छ । यो कुरालाई बुझेर अहिले सम्पूर्ण नेवारहरुले यसलाई पुनः उत्थान गर्ने कार्यहरु गर्दे आईरहेका छन् र गर्न आवश्यक पनि छ । यस्ता कार्यहरु अहिले देशभरी अभियानको रुपमा अघि बढिरहेको छ ।
छोटो समयमा धेरै कुराको ज्ञान हासिंल गनै सिक्न, सिकाउन प्रशिक्षण गर्दे आईरहेका छौ । यसै क्रममा हाम्रो नेवाः कला संस्कृतिका जानकारी संगै नृत्य र बाजागाजाका आधारभूत कुरामा नेवारी धिमे बाजा, नेवारी धिमे नृत्य, नेवारी नृत्य र परम्परागत संस्कृतिक कुमारी चर्या नृत्य प्रशिक्षण दिनुका साथै नेपाल भाषा (नेवारी भाषा) पनि प्रचलनमा बोल्न सकिने गरि सिकाईरहेका छौं ।
नेवारी परम्परागत धिमे बाजा
नेवा परम्परामा धिमे बाजालाई प्रमुख र महत्वपूर्ण बाजाका रुपमा लिइन्छ । यद्यपी नेवाः संस्कृतिमा विभिन्न बाजाहरु छन् जसको आफ्नै महत्व छन् र आफ्नै विधिविधान अनुसार बजाइन्छ ।
धिमे दुई शब्द मिलेर बनेको छ । धि+मे, धि भन्नाले धिक्का र मे भन्नाले संगित वा आवाज हो,जस अनुशासर कुनै धिक्काबाट संगितमय आवाज निस्कने भएको ले नै धिमे हुन गएको हो । किम्बदन्ती अनुसार पहिलो बाजा धिमे हो भन्ने नेवाः समाजमा सुन्न पाईन्छ । त्यस कारणले पनि धिमेलाई नेवाः समाजमा नाटेश्वर ( नासःद्यः) को रुपमा लिइन्छ ।
धिमे बाजाको वनावटः–
धिमे कुनै सियो वा अगरातको काठ अथवा पित्तलको गोलाकार धिक्का हुन्छ जसलाई दांया बांया बाख्राको छालाले मोेडेको हुन्छ भने गोरुको छालाको तनाले बानेको हुन्छ । बायां भागमा भित्रबाट मसला राखेको हुन्छ जसलाई हामीले हातबाट बजाउदछौ भने दाँया भागलाई हामिले सानो घुमाउरो बेदको लठ्ठीबाट बजाउदछौ जसलाई हामि पौं कठ्ठी भन्दछौं । दाँया र बाँया भागको परम्परागत नाम नासः र मांखा पनि भनिन्छ । धिमे बाजासंग सहायकमा भुछ्या (नेपालीमा झ्याली) पनि बजाउदछौ ।
धिमे बजाउदा दायामा पौं कठ्ठीले बजाउदा ता र ना आवाज निस्कन्छ भने बायामा हातबाट बजाउदा घूं र खो आवाज निस्कन्छ । दाँया बाँया दुबैलाई संगै बजाउदा ध्यां आवाज बन्दछ ।
धिमे बाजाका आधारभूत बोलहरुः
चल्ति–१
त खोता ध्यां ध्यां तता खोता ध्यां ध्यां
गौर–१
ता ध्यां ना ध्यां खो – – ता
चल्ती–२
ता घुं घुना नाघु ध्यां घुं – ता
त खोता घुना खोता ध्यां घं– ता
गौर–२
ता खोता घुंना खोता खो – ताघुं
चल्ती–३
ध्यां –ध्यां ध्यांध्यां ताता खोता ताघु
गौर–३
ध्यां ता खो ता खो – ता
चल्ती–४
खो ताखो खो ताखो
खोता ताखो ता ता ता ता
ता घुं खो ताखो
खोता ताखो
घुं नाघुं ता ता
ता ता
ता ता
गौर–४
घुंना ताघुं ना – खो – ताघुं
चल्ती–५
ध्यां ताखो
ध्यां घुं ताघुं ध्यां
ता ता
खो ताघुं
खो ताखो
ध्यां घुना
ता ता
गौर–५
ध्यां खोता ताघुं ध्यां खो – ता
चल्ती–६
ध्यां–ता खोता ध्यां–ता खोता खोता घुंना
खोता घुंना ध्यां–ता खोता ध्यां –खोता घुना खोता ता
चल्ती–७
ता–खोता ताघु ध्यांघु ताघु ताता खो ताघु ध्यांघु ताघु द्यःल्याय्गु
घुना ताता खोता घुना खोता ता घु घु नाता घु नाता घु ताखो ताता ताखो ताता ताघु नाता खो ता – घु ना
खोता ताखो खोता ताखो खोता घु ताता खोता ता ता ता घु८द्द
ता ताखो ताघु नाता ताखो ताता
श्रोतः सुदन मान मुनिकार (प्रशिक्षक)
Milan Shrestha । २७ कार्तिक २०८१, मंगलवार १५:०० बजे