प्रधानमुन्तिरी केपी ओलीकन रैवार


           चित्रसिंह गाँउले

नेकपाका अदस्या र सब्बैका मान्या प्रधानमुन्तिरी केपी ओली बड्डौ
तुमिकन रातो सलाम र जदौ ।

    ल्यो रैवार लेख्दाका मिति सम्म म न्या निकै छउ । घर ट्वाटेइमेला, बुढाबुढी, गाउँकोट, इष्टमित्त सब्बै भलै छन् । कैखन काँडाले कोर्याको नाइ, कैठ पाखनले ढेस्सेको पन नाइ । त्यही ठौर तुमिकन पनि गोडा ठेस्, मुड झिर्को केही नलागौ भनिकन ल्यो रैवारको हाल्याको छउ । बड्डौ तुमि प्रधानमुन्तिरी भयाका दिन मकन सित्ति छापो र उच्छा लाग्योन धेउके । मेरै पार्टीका मान्ठ प्रधानमुन्तिरी भया भुनिकन उच्छाले उम्लनाले दुई दिनसम्म पिरुल्ला दुख्या र जाङग्रा खाइया । २००८ साल फागुन मासका ११ गत्या तुम्मी महतारी मधु ओली र बाउजु मोहनप्रसाद ओलीले पाउन जान्याकै रयाछन् । माओवादी र हाम्मो पार्टी एकै बुनाउन्या बेला तुमि त क्या गजवकै मान्ठ रयाछौ सुच्याँ । बाउँपन्थी एकहुन्या भुन्यौर मेरो बाउँ रडायाका घाउकन पार्टी एकता अरेउ र नाअ मलम लाग्याजन भयाको छ । उखान मात्तै भन्या बड्डो हो भुन्याको त तुमिले तल्ला दह इरु हाली हपल्ला दहका माछा मराउन्या मेसो प जान्याका रयाछौ अरिके । भारतले नाकाबन्दी लाइअल्यो र अब जुम्मै नलाइन्या बुनाई फालिदियौ । देउवा बड्डा खुबै हुक्काँदा छिया र सिंह खुल्केइ फाल्दियौ । नेपाली कांग्रेस ओल्खा जामकी पिनाखाम अद्दो बुनायौ । राउट्याले गुना मुन्तर्याजन प्रचण्ड काउजुकन कहरी मुन्तरे होउला धेउ । छकलबेल्टी एकाम्मो तुन्या बाहबेल्टी अक्काम्मो उद्धन्या प्रचण्डका मुनकन क्याअरी तुनेउ । नाइलनको धागो र भोट्या सुइयो अरिकन तुन्याका नाइ भन्या सिउन उद्धीजान्या हो धेउके । सिपालु र मेसी मान्ठ मजवुद अरिकन तुनतान अरेकै हौला, प्रचण्ड काकुका मुनकन ।

बड्डौ तुमिबाट मान्ठले सित्ति त आस मान्याका नाइ अरिके । महात्मा गान्धी बड्डा घर वस्याका दिन तिनुकी जोई कस्तुरबा वादै तिनुका कपालम्मो तेल घसिकन कनेइदिन्या रैछन र ती बड्डा ढुलेइ मान्दा रयाछन । एकदिन बड्डीले तेल घस्न र कपाल कनेइदिन बार अरिछन र गान्धीकन ढुलेइ लाग्योन छ । मस्तै वार अरिकन ढुलन्या फेरा भित्त पस्याकी आफ्नी बड्डीकन गान्धी बड्डाले किन बार अरिछी जानी भनी सोध्न्या बेला भोलि छकाल भाउ आफु पढ्ने ठाँअ जान्या भयो र भाउकन अन्निपन्नी अरुभनी लाग्नेबेला बार भयो भनिछन । गान्धी बड्डाले आफ्नी बड्डीकन घरका आफ्ना ट्वाटेइकन मात्तै हेरविचार अरिकन हुँदैन दुनियाँका ट्वाटेइ, बुढाबुढीतिर पनि हेर्नू पड्डोछ र दुनियाँका ट्वाटेइकी महतारी हुनु पड्डो छ भन्याछन् । बड्डौ तुमीपनि नेपालका महात्मा गान्धी हुनेइ हौ भन्या मैले सुच्याको छउ ।
चौध साल झ्यालखाना भित्त हुलिन्या बेला सित्ति झाल पाया हौके । खाल्डो खनिकन गाडिदिन्छौ भनिकन बोरी, बाउसा र तुमीकन जंगलतिर लिन्या बेलापनि मन्नाको भै मान्या न छौ । त्यही बेलै मारिफाल्याका भया आजकाल लेइ देशको प्रधानमुन्तिरी को हुँदो हो । माओवादी र एमाल्या मिलाइकन एक्कै पार्टी को बुनाई सक्तो हो । मेरा घरकी बड्डीका जन बादै अहञ्जी भैरउन्या अर्यापनि ओख्तो मुलो पायाकै छौ र देशका लागि भलो भलो काममा लाग्याकै छउ । न्या हाम्मा पर हाउडीको खेल लाइन्या मान्ठ पुस्पराजले
                                      प्रचण्डले शेर्याकन, काँध चढाउन्या छन्
                                      थोक्कै रिस उठ्याका बेला, भिर छडाउन्या छन्
                                      देउवा अँझै बालक्खै छ, जिब्रो फुट्याकै नाइ
                                       साडु भाई ज्ञानेन्द्र सँग, माया छुट्याकै नाइ
भन्याको कस्तो लाग्यो होला धेउ । तुमिदै झोकिकन तुम्मा वारा बजाउन्या भुनिकन देउवाका निकट गयाका प्रचण्ड बड्डा र तुम्मो हल फिरी मिलाई अल्यौ । प्रचण्ड बड्डाले देउवाकन काग झलेउनी झलेइ अल्या अब । सर्पले चिल्याको मान्ठ जेउडी देख्या भै मान्नो भुन्या जन देउवा आजबेली कम्युनिष्टका नेताको छाइलो देख्यापन भै मान्ना छन अरे । एकै पार्टीका दुई अदस्या किन अर्यौ भुन्ने मान्ठकन टेम्पो चलाया जैथो होइन जेट विमानका दुई पाइलट हुँदाछन् भन्यौ र घाँणाउँदो बुजो हाल्या जन पचक्क मुख बुझो लाइदियौ । हाम्मा गाअँ पनि नान्नाना ठेला रोपाइँ अर्ने बेला एक्कै हलि भयापनि चलिजादो । ठुलाठुला बेठा र शेरा रोप्न्या बेला हलिपनि अम्ता चाहिदा, रोप्नेरी पनि अम्ती चाहिदी छन् । ऐथी वैशाख १ गत्या रारा आइकन कन्नाली रारा पर्यटन वर्र र राष्ट्रका नाममा सम्बोधन अर्यौ र न्याका मान्ठको खुवै डिल बुझायौ । जननेता कमरेड मदनकुमार भण्डारीले राजनीतिमा स्थायी शत्तुरपनि हुँदैन र स्थायी मित्त पनि हुँदैन भुन्याजन माओवादी देख्या हडौदो जरो आउन्या मान्ठ पोरी फूकोट पुच्छेगाअँका नेत्त शाही माओवादी भया ।
                                             माछो चिन्न नरेन्द्रको, गाई चिन्न किस्न्या को
                                            हसिँया होतरो चिन्न, हातगोडा पिस्न्याको (यस्तरै गीत गाइन्याबेला बुन्दुक्याका दीन बाइगया, जनताका दीन आइगया भाका अरीकन एमालेका कलाकारकन सिकाउन्या) मान्ठ माओवादी भैकन ऐथी क्षेत्तपाल भया । मेरा खुब मिल्न्या मान्ठकन माओवादी किन बुनाया र ती किन भया भुनिकन झोक चल्याको छियो । लेइचोटी पार्टी एक अर्यौ र फिरी भेट हुन पाउन्या बेला कम उच्छा लाग्याको नाइ । अब हाम्मो मुखै नहेरुला भुन्याजन अरिकन माओवादीमा फटक हाल्याको उदाँ गाअँको कृष्ण दाइ एइथै हुन्या छियो भुन्या ऐथी किन फटक हाल्या हुँ सुच्दा हुन । एइथै एक होइजानु छियो भुन्या स्थानीय तहको चुवाउमा ऐथि सर्पराज काउजुको नहट्टो किन भाँचिन्या छियो । देशैभरी सर्पराज काउजु र म जैथा कति बुनाइ फाल्यौ धेउ । ति झाल सम्झ्या पछि तमु र प्रचण्ड काकुकन पान्यासिनुले सोप्या पनि झाल मेटीन्या छियानन् । बड्डौ आँ अर्या अलङ्कार बुझ्ने मान्ठकन अरु मैथ लेखिकन क्या पढाउनु पडला । न्या हाम्मा ठाँअका मान्ठले बृद्ध भत्ता मुइनैप्रत्य पाँच पाँच हजार बुझ्न पाअम्ला सुच्याका छिया । बृद्ध भत्ता नबढ्न्या बेला तुमीदै कम्ती झोकियाका नाइ । बृद्ध भत्ताले मात्तै हुन्या होके तुमी बुढाबुढीकन चाहिन्या जत्ति सब व्यवस्था अरिदिन्छन् नझोकिअ भनिनक अत्थेउन लागिगयाँ र ऐथि एकाले मकन डिग्नाले हानिकन मारिअलि छिया । देउवा बड्डाका सत्ताले देश ठाडो उभिन नसक्न्या अरिकन डुबाइकन जान्या छ भुन्या अत्थ नपाइकन दनादन पाँच हजार दिम्ला भनिदियौ धेउ । हुन्त स्वास्थ्य विमा बुनाइकन अहञ्जी भयाका बेला ओक्तो अन्न १ लाख जत्तिको मद्दत हुन्या मेसो अर्याकै छौ अरे । न्याका तन्नेरीले केपी बड्डा प्रधानमुन्तिरी भयापछि जागिरीको क्या चिन्ता छ सुच्याका छन् । नान्नाना बाटाघाटा त स्थानीय तह र प्रदेश सरकारले बुनाअन्ना । केन्द्र सरकारले खुलालुदै हुम्ला मानसरोवर र सुर्खेतदै दैलेख महावुअ हुँदै रारा जान्या सडक खुलाइदेवस् सुच्याका छन् । न्या कर्णाली प्रदेशको शक्ति वस्नेत काउजु भन्ना अक्को एकैजनु मान्ठ तुम्मा मुन्तिरी परिषद्को सदस्या नबुनाउन्या बेला पार्टीकै माननियाँ फिल्को फिल्को भयाका छन् । राज्यामुन्तीरी भयाका हप्प डोल्पाका धन्या दाइले न्याका अरु जिल्लातिर पुछ फर्काइकन सब्बै योजना आम्ना जिल्लाउँदा खात लाया अरे । केन्द्रीय कमिटी बुनाउन्या बेला पनि न्याका मस्तै मान्ठनक पिठियाउदा किन फाल्या भुन्नै छन् । बड्डौ आजका मितिसम्म पछान पड्याको ठौर र युद्ध हुन्याबेला मैथइ मान्ठले जीउ खड हाल्याको, मैथइ मान्ठका हातगोडा अकामिला भयाको सम्झिकन अरु प्रदेश भन्ना हाम्मा कर्णालीकन नाँअ हेरचाह अन्नु पड्न्या हो । न्याको पानी र खानी खड हाल्नु भयोन । योजना र रुपियाँ दिन्या बेला कन्नालीकन हेला अरियो भनिकन हाम्मा मानन्नीया खाउ कर्कली पेट फर्कली नखाउ कर्कली सासू तर्कली भन्ना छन । आफ्नै सरकार भनिकन न तुम्मो विरोध अन्ना जसो न भलो अरेउ भन्ना जसो बुनाइ फाल्या छौ । दुई पार्टी एक अरिकन दल दाखा अर्ने बेला दल दाखा मात्तै अर्याका होइनम देशको भविष्य दाखा अरेम भन्याका मान्ठ भन्याजस्तो काम अर भन्दो भया । अब उति मैथ क्या लेखु सामल तुमल जुटाइकन आउन पाइअल्या भन्या त्यहीँ भेट अरम्ला नतर उआइ भयोन भुन्या अक्को रैवार हालुला । रैवार बाटै भेट अरम्ला । तुमीले भलोभलो काम अरञ्जी बड्डातिर हेद्दै रहेइ परम्मेश्वर भनिकन छकलबाह मेरा मान्नेकुन्ने कन भुन्नेइ छउ । भलो काम नअरिकन उल्टोपुल्टो अरेउ भन्या पाद्मे, भामासैनी र रागामाचुल्ला ती चाला सार्या भुन्या तुम्मो सबेट्टो चुआउनु भैमान्ने नाइ भुन्नै चार गीत पनि कागका पुच्छउनी बानीकन पठाउदो भयाँ । बाँकी जान्नेसुन्ने आपु छौ, आपी राया ।
                               राप्रपाको नाउँ मेटायौ, स्याल बुनायउ शेर्या
                               सत्ता हात तम्रै पड्यो, जन्ता तिर हेर्या
                               प्रचण्डलाई नरुसाउनु, अरु पनि सेप्नु
                               थ्रेस होल्ड काटञ्जी सम्म, कांग्रेसलाई नहेप्नु
                               दुई अदस्या मिलीकन, कम्निष्ट बढाया
                               पार्टीमा अर्गेली अन्न्या, काँध न चढाया
                               यामलाल, प्रकाश, शक्ति, प्रज्वल, एक् जनार्दन शर्मा
                               तपाईंका र यी पाँचका, छ कर्णाली भर्मा
                               जुँगा राम्रा प्रचण्डका, जीउ राम्रो ओलीको
                               छेउ पाइदो न टुप्पो पाइदो, शेर्याका बोलीको
                               दिन गया डिल्लती रया, अब बाबुरामका
                               रामचन्द र बैद्य बाउज्यू, भया बिना कामका