खानाहरुको भिडमा धेरैलाई मनपर्ने परिकारमा पर्छ मसरुम बेसिल सलाद । यो परिकार आफ्नै घरमा तयार गरेर पनि खान सकिन्छ । यस्का लागि आफ्नो स्वाद अनुसार कस्तो सलाद खान इच्छा छ, सोही अनुसार तयार गर्न निश्चित विधि अपनाउनु पर्छ ।
सामग्री:
मसरुम : २ सय ग्राम
ओलिभ आयल : २ चम्चा
भेनिगर : २ चम्चा
मरिच र नुन : स्वादअनुसार
स–साना टमाटर : १ सय ग्राम
बेसिलको पात : २० ग्राम
विधि:
- ओलिभ आयल, भेनिगर, कालो मरिच तथा नुनलाई एक ठाउँमा मिसाउने ।
- सबै आवश्यक सामग्री मिसाइएको मसरुमलाई आधा घन्टा जति उसिन्ने ।
- यसपछि, मिश्रणमा उसिनेर चिसो पारिएको मसरुमलाई मेरिनेट गरेर आधा घन्टा छोडिदिने ।
- टमाटरलाई दुई–दुई टुक्रामा काटेर मसरुममा मिसाउने ।
- त्यसैमा बेसिलको पात हाली चिसो भएपछि सर्व गर्ने ।
यसरी तयार गरेपछि मसरुम बेसिल सलाद खानका लागि तयार हुन्छ ।
साभारः नारीअनलाइन



Prawash Kumar Shakya । १ भाद्र २०७३, बुधबार ०२:५६ बजे