
कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज ३४ पिन्ट रगत संकलन गरिएको छ । नेपाली काँग्रेस नगर समिति वीरेन्द्रनगर सुर्खेतको आयोजना तथा नेपाल विद्यार्थी संघ सुर्खेतको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।
नेपाली काँग्रेसका जिल्ला सभापति खड्ग पोखरेलले स्वयंसेवी रक्तदाता लक्ष्मण कँडेललाई रक्तसंकलन थैली हस्तान्तरण गरेर शुरु गरिएको कार्यक्रममा थियो । काँग्रेस नगर समिति सभापति उपेन्द्र खड्काका अनुसार चाडपर्वको मोहोल तथा डेङ्गी रोगको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा प्रदेश अस्पतालमा संचालित रक्तसञ्चार केन्द्रहरुमा रगत मौज्दात नभै विरामीहरुलाई पाउन समस्या भएपछि आज आकस्मिक रक्तदान कार्यक्रम गरिएको हो । कार्यक्रममा नयाँ तथा नियमित रक्तदाताहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै नगर सचिव मिलन श्रेष्ठ भन्नुहुन्छ “हामीले सामाजिक सञ्जालमा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले प्रदेश अस्पतालमा रगत अभाव भएको सूचना राख्नुभएको रहेछ अनी हामीले सरसल्लाह गरेर आकस्मिक रक्तदान कार्यक्रम गरेका हौै आज संकलित रगतले केही हदसम्म भएपछि रगतको आपूर्ति पूरा हुने आशा लिएका छौं “
यस्तै नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य प्रवाश कुमार शाक्यले एउटा सानो सूचनाले आकस्मिक रक्तदान कार्यक्रम गरेकोमा नेपाली काँग्रेस नगर समितिलाई धन्यवाद दिनुभयो । उहाँभन्नुहुन्छ “रगतले जात, धर्म, पार्टी केही हेर्दैन यो त मानवीय जीवनको सर्वोत्तम कार्य हो सबैजना यो महानकार्यमा सरिक हुन म अनुरोध गर्दछु ।”
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।




News Desk । २४ आश्विन २०८२, शुक्रबार १४:०५ बजे