ईभेन्ट सोलुसनको बार्षिकोत्सवमा रक्तदान


३० माघ, ललितपुर / ईभेन्ट सोलुसनले आफ्नो १०औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रम नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ८० पिन्ट रगत संकलन गरिएको हो ।

प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले सोलुसनका प्रबन्ध निर्देशक विजयसागर प्रधानलाई रक्त संकलन थैली हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गरिएको थियो । कार्यक्रममा बाराही टाेल विकास संस्थाका अध्यक्ष सुशिल अमात्य अतिथि रहनुभएकाे साे कार्यक्रमकाे सभापतित्व अध्यक्ष सुनिल भण्डारीले गर्नुभएको थियो ।