दसैंमा खसी खाने प्रचलन रहेको भएपनि कतिपयलाई खसीको मासु मन पर्दैन। खसीको मासु मन नपर्नेहरुको रोजाइमा माछा वा कुखुराको मासु पर्ने गरेको हुन्छ।
घरमा कुखुराको मासु ल्याएपनि विभिन्न परिकार बनाएर खानको लागि भने सिपको जरुरत पर्दछ। कुखुराको मासु मन पराउनेहरुका लागि ‘क्रिस्पी चिकेन’ स्वादीलो परिकार बन्न सक्छ।
मूख्य सामाग्री
४ चम्चा तेल
४ चम्चा पिठो
२० मिली दुध
१ सय १५ ग्राम पाकेको चिकन
५५ ग्राम ह्वाइट ब्रेड
केहि मात्रा काटेको हरयिो धनिया
अब सबै सामाग्री तयार भएपछि प्यानमा तेल राखेर मन्द आगोमा तताउने, साथै यसमा केहि मात्रामा पिठो राख्ने र रा्रमोसंग चलाउने जसलाई एक मिनेट सम्म पकाएर प्यान निकालेर दुध मिसाएर राम्रोसँग चलाउने।
उक्त मिश्रणलाई राम्रोसँग चलाउँदै मन्द आगोमा फेरि पकाएपछि निकालेपछि त्यसमा चिकेन राखेर राम्रोसँग मोल्नुपर्छ। यसपछि नुन, धनिया र मरिचको धुलो राख्न पर्दछ। अब यसलाई चिसो हुँदा सम्म राख्नु पर्दछ। यसरी चिकेन क्रिस्पी तयार हुन्छ।
एउटा भाडामा अण्डा राख्नुहोस् , तर यो फुटाएको अण्डा राम्रोसंग हल्लाउनुहोस्। यसमा अब ह्वाइट ब्रेड राख्नुहोस् र सबैतिर अन्डालागिसकेपछि प्यनमा तेल राखेर यसलाई पकाउनुहोस्। यसलाई ५ देखि १० मिनेट सम्म पकाउनु पर्दछ।
यसरी तयार भएको ब्रेडलाई चिकेन क्रिस्पीसँग मिसाएर खाँदा झनै स्वादिष्ट हुनसक्छ।
कुक परिचयः
सन् १९९३ बाट होटल क्षेत्रमा प्रवेश गरेका बिक्रम श्रेष्ठ अहिले काठमाडौको ‘थर्ड आई रेष्टुरेन्ट’को सेफमा कार्यरत छन्। विभिन्न देशका अन्तर्राष्ट्रि स्तरका होटलमा समेत आफ्नो अनुभव संगालेका उनीसंग होटल क्षेत्रको प्रशस्त अनुभव छ। श्रेष्ठले सिंगापुरको ‘फुड एण्ड स्पाइस क्याफे’ मेक्सीकनमा उनले काम गरी सकेका छन्। दुई वर्षदेखि थर्ड आइको सेफमा कार्यरत बिक्रमले हाइसेफको पनि तालिम लिएका छन्।
साभार: सेतोपाटी अनलाईन



Prawash Kumar Shakya । २३ आश्विन २०७३, आईतवार ०७:३९ बजे