![]()
दसैंको समयमा अधिकांश हिन्दु धर्मालम्बीका घरमा खसीको मासुका परिकारहरु पकाइने गरिन्छ। माछा मासु खानेहरुको लागि त झनै दसैंमा खसीको नै मासु खानु पर्छ भन्ने सोच रहेको छ।
घरमा मासु ल्याएपनि विभिन्न परिकार बनाउनको लागि सिपको जरुरत पर्छ। तर सिपको अभावमा धेरै परिकारहरु भने बनाएर खाने गरिएको हुँदैन।
एकै मासुबाट विभिन्न परिकार बनाउन सकिन्छ। आज हामीले भने मटन बिरीयानीका पारिकारहरुलाई यो कसरी बनाउने भनेर सिकाउँदैछौ। यसमा मासु १ केजी लाई आधार बनाइको छ। घरको आवश्यकता अन्ुसार मासु थपेर त्यसको लागि आवश्यक अन्य सामाग्रीहरु पनि त्यसैगरि थप्नु पर्दछ।
सर्वप्रथम भाँडोमा ५० ग्राम जति घिउ राखेर तताउने । घिउ तातेसँगै प्याज लाई रातो हुँदा सम्म फ्राई गर्नुपर्छ। यसपछि भाडोमा मासु राख्ने । मासु राखेपछि लसुन, अदुवा र गरम मसला राखेर केहिबेर पकाउनु पर्दछ। त्यसपछि ७ देखि ८ गिलास पानी राखी भाडोले छोप्ने। मासु राम्रो संग पाकेपछि झोल र पिस लाई छुट्याउने। यसो गर्दा झोल ३ गिलास जति हुन पर्छ। यदी यो भन्दा कम झोल भयो भने पानी थप्ने र बढी भयो भने चाही केहि बेर पकाएर घटाउनु पर्छ।
मटन बिरीयानीको लागि भात पनि आवश्यकता पर्दछ। त्यसैले चामललाई नुन राखी उसिन्ने। भात राम्रो संग नपाक्दा सम्म पकाउने। यसपछि भातमा रहेको पानी हटाई सुख्खा बनाउने। यसपछि अघि पाकेको मासु र भातलाई मिसाउने। जसमा ‘रोज वाटर’ पनि राख्ने। भात माथि धनिया र स्याफ्रोनको पात छर्ने। त्यसलगत्तै सबै मोल्ने। यसपछि केहि बेर पकाउने। यसपछि मटन बिरीयानी तयार हुन्छ।
मूख्य सामाग्री
मटनः १ केजी
प्याजः ५ सय ग्राम
लसु्नः ४५ ग्राम
अदुवाः ४५ ग्राम
तेजपत्ताः केहि मात्रा मात्रै
गरम मसलाः २० ग्राम
केशरः २५ एमएल
घिउँः ५० ग्राम
नुनः स्वाद अनुसार
साभार: सेतोपाटी अनलाईन



Prawash Kumar Shakya । २३ आश्विन २०७३, आईतवार ०७:४७ बजे