छिन्छुमा मोटरसाइकल दुर्घटना (अपडेट)


चालकको अवस्था गम्भीर

फोटोः सोम ढकाल

१८ पौष, सुर्खेत । आज साँझ करिब ६ः३० बजे तिर छिन्चु सुर्खेतमा मोटरसाइ दुर्घटना हुदाँ मोटरसाइकलमा आगलागी भएको छ ।

वीरेन्द्रनगर बाट छिन्छु तर्फ जाँदै गरेको भे ४ प ३९१२ नम्बरको मोटरसाइकल छिन्चु स्थित टेलिकमको टावर नजिक दुर्घटनाग्रस्त भएको स्थानीय सोम ढकालले बताउनुभयो ।

करिब २० मिटर जति मोटरसाइकल घस्रिएर दुर्घटना हुदाँ मोटरसाइकलमा आगलागी हुँदा बोटेचौर सुर्खेत घर भएका करिब २८-३० बर्षका चालक गोविन्द घर्तीको अवस्था चिन्ताजनक रहेको छिन्चु स्थित ट्राफिक प्रहरी हरिलामिछाने जानकारी दिनुभयो ।

गम्भीर घाइते चालक घर्तीलाई छिन्चु प्रहरीले थप उपचारकालागि नेपालगंन्ज लगेको ट्राफिक प्रहरी लामिछानेले बताउनुभयो ।

आगलागी भएको मोटरसाइकललाई प्रहरी र स्थानीयले निभाएका थिए ।