
ललितपुर । ललितपुर महानगरपालिका–२७, सुनाकोठीस्थित बालकुमारी मन्दिर परिसरमा आयोजित आठौँ सन्त समागम भव्य एवं आध्यात्मिक वातावरणका बीच सम्पन्न भएको छ ।
समाधान समाज शाखा ललितपुर, सुनाकोठीको आयोजनामा सद्गुरु साधुमहाराजको पावन सानिध्यमा २०८३ साल कार्तिक २७, २८ र २९ गतेसम्म तीन दिन सञ्चालन भएको समागममा धार्मिक, सामाजिक, आध्यात्मिक तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समागमको विशेष अवसरमा १ सय ८८औं पटक रक्तदान गरिसक्नुभएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा तथा दोसल्ला ओढाएर विशेष सम्मान गरिएको छ । रक्तदान अभियानमार्फत मानव जीवन रक्षाका लागि पुर्याउँदै आएको अतुलनीय योगदान तथा निरन्तर मानवीय सेवाभावको उच्च कदर गर्दै कर्माचार्यलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा कीर्तिपुर अस्पतालका बर्न अनुसन्धानकर्ता डा. शंकरमान राई, वरिष्ठ समाजसेवी मोतीशान्ति शाक्य, नेपाल आँखा बैंकका प्रबन्धक एवं नेपाल आँखादान समाजका संस्थापक शंखनारायण त्वयना, संस्थापक कोषाध्यक्ष सुरेन्द्र शाक्य, अध्यक्ष निर्मल बज्राचार्य तथा ललितपुर महानगरपालिका वडा नं. २७ का अध्यक्ष कृष्णहरि महर्जनलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
त्यसैगरी नेपाल हर्ट क्लबका कार्यसमिति सदस्य बसन्त महर्जन, ललितपुर महानगरपालिकाको सामुदायिक विकास शाखा प्रमुख सरिता महर्जन, संगीत शिक्षक सुरेश नापित, मिस एसिया इन्टरनेसनल उपाधि विजेता रोजी श्रेष्ठ तथा वरिष्ठ अधिवक्ता एवं समाधान समाजको विधान निर्माता हिराकृष्ण महर्जनलगायतको सहभागिता रहेको थियो ।



Prawash Kumar Shakya । २ मंसिर २०८३, मंगलवार १८:५१ बजे