बाँकेका शतक रक्तदाता जायसवालद्वारा १ सय १०औं पटकको रक्तदान


नेपालगन्ज (बाँके) । बाँकेका शतक रक्तदाता पवन जायसवालले कार्तिक १८ गते बुद्धवार आफ्नो १ सय ११०औं पटकको रक्तदान गर्नुभएको छ । जायसवालले बर्दियाका एक विरामीकालागि प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा आफ्नो १ सय १० औं पटकको रक्तदान गर्नुभएको हो ।

पवन जायसवालले रक्तदानको शुरुआत र योगदान पहिलो पटक २०४६ साल असोज ४ गते (२० सितंबर १९८९) को नेपालगन्ज जेसीजको आयोजनामा रक्तदान गर्नुभएको थियो ।
त्यो समय देखि आज २०८३ कार्तिक १८ गते सम्म (०४ नवम्बर २०२६) उहाँले ११० औं पटक रक्तदान गरेको पुगेको छ । जायसवाल बाँके र बर्दिया जिल्लामा विभिन्न संघ–संस्थाद्वारा आयोजित रक्तदान कार्यक्रममा सक्रिय रूपले भाग लिई आईरहेका छन् ।

जायसवाललाई बाँके जिल्ला नेपालगंजमा रहेका आमेन्द्र जायसवाल उहाँको मामाले रक्तदान गर्न हौषला प्रदान गर्नु भएको हो ।

उहाँ भन्नुहुन्छ “रगत लिनेको भन्दा दिनेको भिड बनाउनु छ तर विडम्वना यहाँ दिनेको लिनेको भिड बढेर रगत व्यवस्थापनमा असजिलो भएको छ । त्यसैले आफ्ना १८ बर्ष ४५ केजी तौल भएका स्वस्थ यूवायुवतीलाई रक्तदान गर्न अनुरोध गर्दछु ।