हरिकृष्ण कुमाई, जुम्ला
माघ ३,
जुम्लाको तिला गाँउपालिका साविकको मालिकाठाँट गाविसका २०६ जना जेष्ठ नागरिकलाई बाडिएको सिडिएमए प्रविधि भएको मोबाइल प्रयोगविहिन भएको छ ।
जेष्ठ नागरिकलाई टाढा भएका आफन्त जन संग कुराकानी गर्नको लागि साधारण सिडिएमए प्रविधिको मोवाईल वितरण गरेको हो ।
गाँउमा न नेपाल टेलिकमको टावर छ, न त नेटवर्क नै गाँउमा काम गर्छ हामी बृद्धहरु नपढेका निरक्षर नागरिकलाई मोवाईल फोन दिएर काम नै छैन, मोवाईल फोन नचालाउन आउँछ, न त १ घण्टा भन्दा धेरै चार्ज नै टिक्छ, तिला गाँउपालिका साविक मालिकाठाटा वडा १ का स्थानिय अम्मरबहादुर बस्नेतले भने, चलाउ भने पनि मोवाईलमा चार्ज नै हुदैन । रात दिनै जति मोवाईल सेट चार्ज गरे पनि एक देखि दर्ुइ घण्टा सम्म पनि चार्ज खप्दैन ।
यो मोवाईलको सट्टा बरु अरु कुनै हिउँदको समयमा न्यानो कपडा ऊनको स्विटर, पाखाको कोट, पाखाको सुरुवाल, राडी काम्लो दिएको भए प्रयोगमा पनि आउथ्यो र हामी जेष्ठ नागरिकहरु पनि खुसी हुन्थ्यौँ । न्यानो बस्त्र दिन नसके पनि गा.वि.स. ले रेडियो भदिएको भए पनि प्रभावकारी र लाभदायक हुन्थ्यो उनले भने ।
बजारमा प्रति सेट रु ९५० मा पाइने मोबाइललाई रु ११०० सयमा किनेर गा.वि.स.ले दिँदा भ्रष्टाचार भएको तिला गाँउपालिका स्थानिय राम सिंह बस्नेतले बताए । यो मोवाईल फोन दिएर हामी जेष्ठ नागरिकहरुलाई गाविसले ठगेको मात्र छ उनले भने ।
गाँउमा नेर्टवक छैन के आधारले मोवाईल सेट वितरण गर्यो । मलाई त अचम्म लागेको छ । हामी नेपाली किन पछि परेको भन्दा भौतिक पूर्वधारलाई नहेरी काम गर्छ त्यसैले हाम्रो देश विग्रिएको हो यो मोवाईल कोठामा सजाउन बाहेक कुनै अरु विकल्प नै छैन स्थानीय माया बस्नेतले भनिन् ।



Prawash Kumar Shakya । ३ माघ २०७४, बुधबार ११:४१ बजे