सफल व्यवसायी बन्न तालीम प्रदान


भदौ २२, सुर्खेत ।
ग्रामिण भेगमा व्यवसाय संचालन गरिरहेका सुर्खेतका व्यवसायीहरुलाई व्यवसाय सफल बनाउनका लागि सहयोग गर्ने उदेश्यले कृषि स्वास्थ्य तथा वैकल्पीक जिविको पार्जन प्रवद्र्धन (पहल) कार्यक्रमले ५ दिने तालीम सम्पन्न गरेको छ । सानो–सानो लगानीमा व्यवसाय गरिरहेका सुर्खेत जिल्लाका ग्रामिण भेगका व्यवसायी र बेरोजगार युवाहरुलाई यू.एस.ए.आई.डिको आर्थिक सहयोग, पहल परियोजनाको व्यवस्थापन तथा सुन्दर नेपालद्धारा सञ्चालीत पहल कार्यक्रमले व्यवसायमा प्राविधिक ज्ञान सिप प्रदान गर्ने उदेश्यले बिहिबार उक्त ५ दिने तालीम सम्पन्न गरेको हो ।

तालीममा सुन्दर नेपाल संस्थाद्धारा संचालित कृषि स्वास्थ्य तथा वैकल्पीक जिविको पार्जन (पहल) कार्यक्रम लागु भएका साविकका लेखपराजुल, नेटा, रजेना, रानीबास, काफलकोट र धारापानी गाविसका गरी व्यवसाय संचालन गरीरहेका र व्यवसाय संचालन गर्न चाहेका १४ जना युवाहरुको सहभागिता रहेको थियो । तालीममा व्यवसाय कसरी सुरु गर्ने, सफल व्यवसायी कसरी बन्ने भन्ने विषयमा जानकारी गराईएको छ । तालीम समापन कार्यक्रममा बोल्दै ५ दिने तालीमका सहजकर्ता मोहन सिंह रानाले तालीमबाट सिकेका कुराहरुलाई जीवनमा प्रयोग गरेर सफल व्यवसायी बन्न सुझाव दिएका छन् ।

यस्तै पहल कार्यक्रमका सुर्खेत जिल्ला संयोजक भिमराज बास्तोलाले व्यवसाय गरिरहेकाहरुलाई तालीमले थप सहयोग गर्ने भन्दै आउँदा दिनमा सहकार्य गरेर जाने बताएका छन् । यस्तै पहलका कार्यक्रम संयोजक सौरभ कर्माचार्यले व्यवसाय गरिरहेका र नयाँ व्यवसाय गर्न चाहाने युवाहरुका लागि पहल कार्यक्रम साथमै रहेर काम प्रतिवद्धता जनाएका छन् । पहल परियोजनाका कार्यक्रम संयोजक सौरभ कर्मचार्यको सभापतित्व र पहल परियोजनाका जिल्ला संयोजक भिममराज वास्तोलाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रमको सहजीकरण बैकल्पिक जीविकोपार्जन अधिकृत पदम बहादुर दलामीले गरेका थिए ।