मिलन श्रेष्ठ
माघ,४ सुर्खेत ।
सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लि सुर्खेतले एक कार्यक्रमको बिच सहकारी संस्थाका नव निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएको छ ।
गत पौष २७ गते सम्पन्न सुर्खेत बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर, सुर्खेतको १६औं बार्षिक चुनावी साधारण सभाबाट सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत निर्वाचित भएका थिए ।
जसको अध्यक्षमा गणेशकुमार बस्नेत, उपाध्यक्ष पूर्णबहादुर नेपाली, सचिवमा दिपेन्द्र ढकाल, कोषाध्यक्षमा सुरेशबहादुर गौतम, सदस्यहरुमा मिलन श्रेष्ठ, चन्द्राकुमारी खड्का, महेश्वर तिवारी, इन्द्रबहादुर थापा, राजेन्द्र गौतम, वाशुदेव शर्मा र मानबहादुर खड्का रहेका छन् ।
सभाले भद्र भण्डारीका संयोजक्त्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिती गठन गरेको छ जसको सदस्यहरुमा नगेन्द्र चौलागाई र श्रीधर के।सी। रहेको सहकारी संस्थाका प्रबन्धक प्रवेशमान मानन्धरले जानकारी दिए ।



Milan Shrestha । ४ माघ २०७४, बिहीबार १२:१८ बजे