
सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटवलतर्फ बुधवारको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले बिजयी सुरुवात गरेको छ । त्रिभुवन आर्मी क्लवले लुम्बिनी प्रदेशलाई ३-० गोलले बिजयी सुरुवात गरेको हो ।
खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३ औं मिनेटमा जर्सी नं २१ का भरत खवासले पहिलो गोल गर्नुभएको थियोभने दोस्रो गोल जर्सी नं १० का लाकेन लिम्बुले ५२ औं मिनेटमा गर्नुभएको थियो ।
खेलको ६४ औं मिनेटमा लुम्बिनी प्रदेशका जर्सी नं. ४ का विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल गर्नुभएको थियो । प्रतिस्पर्धात्मक खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर बीरेन्द्र पाण्डेले जानकारी दिनुभयो । आज दोस्रो खेल २ः३० बजे कोशी प्रदेश र बाग्मती प्रदेशविच हुनेछ ।



Prawash Kumar Shakya । ९ मंसिर २०८३, बुधबार ११:३० बजे