कालिकोट पनि महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्यामा बृद्धि


अप्सरा बिष्ट
कालिकोट २३ माघ
महिलाहरुको चेतनाको स्तर बढेसंगै हरेक क्षेत्रमा महिलाले आफ्नो अधिकार स्थापित गर्न थालेका छन् ।

पछिल्लो समय कालीकोट जिल्लामा भौतिक सम्पति (घर जग्गा) महिलाको नाममा गर्नेको संख्यामा बृद्धि भएको हो । हाल सम्म कालीकोट जिल्लामा चालु आर्थिक बर्षमा मात्रै महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या १८ सय ५५ पुगेको जिल्ला मालपोत निमित्त कार्यालय प्रमुख भक्तिप्रसाद पाण्डेले बताए ।

पाण्डेका अनुसार पहिले अशिक्षा हो वा बिश्वासको कमीले हो, कालीकोट जिल्लामा महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या एकदम कम रहेको र हाल आएर शिक्षाको स्तर बृद्धि र चेतनाको स्तर बृद्धि संगै महिलाको नाममा घर जग्गा नामसारी गर्नेको संख्या बढेको जानकारी दिएका थिए ।

त्सतै खाँडाचक्र नगरपालिकामा मात्रै पनीे महिलाका नाममा घर जग्गा नामसारी गर्नेको संख्या ६ सय नाघेको पाण्डेले बताए ।

एकअर्कामा बिश्वास र सुमधुर सम्बन्ध स्थापित गर्न र सम्पतिमा पनि महीलाको समान अधिकार स्थापित गर्न को लागि श्रीमती को नाममा घर जग्गा नामसारी गर्ने गरेको स्थानीय दिपबहादुर शाही बताएका थिए ।

तर अर्का स्थानीय सेतु शाहीको भने अली फरक धारणा छ । पुरुष भन्दा महिलाको नाममा सम्पति भएमा राजस्व कम लाग्ने र घरायसी समस्या भएमा पनी महिलालाई आफ्नो हकअधिकार माग्न सजिलो हुने बिश्वास ब्यक्त गरिन ।