संस्थानले मूल्य कम दिने गरेको किसानको भनाई

अविरल ढकाल
फागुन १३, जुम्ला ।
रैथाने बाली संकलन गर्दै आएको खाद्य संस्थान जुम्लाले कोटा अनुसारको सिमि पाएको छैन । व्यापारी गाउमै पुगेर महंगो मुल्यमा सिमि किन्न थालेपछि सस्थानले सिमि नपाएको हो ।
०७० साल बाट नेपाल सरकारले स्थानिय किसानहरुलाई प्रोत्सहन गर्न जुम्लामा स्थानिय अर्गानिक खाद्यन्न बालीको संकलन कार्य सुरु गरेपनि किसानहरुले मागेको मूल्य भन्दा कम मुल्यमा संस्थानले सिमी खरिद गर्ने थाले पछि किसानहरुले व्यापारीलाई सिमी बेच्दै आएका छन् ।
गाँउमै सिमी लिनको लागि व्यापारी पुग्छन् । एकमाना सिमी दुई चामलमा किसानहरुले घरमै बेच्न पाउँने किसान नरसुर ऐडीले बताउनुभयो । छ घण्टाको बाटो लगाएर खाद्य संस्थानमा लिनु पर्छ तर किसानले भने जति सिमीको मुल्य नपाइने भए पछि हामीले व्यापारीलाई नै बेच्ने गरेको ऐडीले जाकनकारी दिनुभयो । ऐडिले थप्नुभयो गाँउमै प्रतिकेजी १ सय बीस देखि १ सय तीस सम्म बिक्रि हुन्छ, संस्थानले प्रतिकेजी १ सय दश रुपैयामा मात्र दिन्छ । किसानले जता मुल्य धेरै पाउँछन् त्यतै बिक्रि गर्छन् उहाँले थप्नुभयो ।
संस्थानले किसानहरुलाई बजारिकरणको लागि राहात गरेपनि ढाड सेकेको आरोप छ अर्का किसान सुरज बुढाको । पहिलेको तुलनामा किसानहरुले पनि व्यवसायिक रुपमा सिमी खेति गर्ने गरेको बताउदै बुढा भन्नुहुन्छ संस्थानले किसानलाई निरुत्साहित बनाएको छ ।
यो वर्ष खाद्य संस्थान जुम्लाले एक सय क्विन्टल सिमी संकलन गर्ने लक्ष्य लिएपनि ६९ क्विन्टल मात्र खरिद गरेको शाखा प्रमुख रणबहादुर ऐरले बताउनुभयो । एघार लाख रकमको सिमी खरिद गर्ने भने पनि सात लाख उनान्साठी हजार रमक बराबरको मात्रै संकलन भएको ऐरको भनाइछ ।फापर तीन दिनमा कोटा अनुसार संकलन भएको उहाको प्रमूखले जानकारी दिनुभयो । तीन वर्ष अघि संकलन गरेको सिमी विक्री नभएर गोदामै थन्किएको उहाँको भनाइछ ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो आर्थिक वर्षमा जुम्लाका रैथाने वालीको निर्यात पाँच करोड भन्दा बढी भएकोछ । काली मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु जुम्ला बाट नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको छ भने विदेशी पर्यटकको पहिलो रोजाईमा विश्वको अग्लो स्थानमा फल्ने जुम्ली काली मार्सी धानको चामल रहेको छ ।



Milan Shrestha । १३ फाल्गुन २०७४, आईतवार ०७:०० बजे