स्थापना दिवस बृद्धाश्रममा ।


दिवस खत्री ।
फागुन, १७ सुर्खेत ।
ग्रामीण जागरण वचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर–१२, सुर्खेतले आफ्नो २१औं स्थापना दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई भोजन गराएको छ ।
सुर्खेत वीरेन्द्रनगरमा रहेको प्रशान्ती वृद्ध आश्रमका वृद्धवृद्धाहरुलाई स्थापना दिवसको अवसरमा आज(बिहिबार) भोजन गराएको हो । भोजन कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष ओम प्रकास सुबेदीले सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुसार अशक्तहरुलाई सहयोग गर्नु पर्ने भएको भन्दै वृद्धहरुलाई सहयोग गरिएको बताउनुभयो ।
उहाले वृद्धहरुलाई सम्मानका साथै सेवामुलक काम गर्न सबैलाई आग्रह गर्नुभयो ।

यसै बिच कार्यक्रममा बोल्दै प्रशान्ती बृद्धाश्रमका अध्यक्ष बालकृष्ण श्रेष्ठले यस बृद्धाश्रममा रहेका वृद्ध–वृद्धालाई सबैको सहयोगको आवश्यक रहेको बताउनुभयो ।
ग्रामिण जागरण बचत तथा ऋण सहकारी संस्थाले संस्थागत आजीवन सदस्यता वापत रु दश हजार दश रुपैयाको सदस्यता लिएको छ ।