ट्याक्टरको ठक्करले महिलाको मृत्यु पछि जुम्ला तनाव ग्रस्त


 

अविरल ढकाल, जुम्ला
फागुन २१
जुम्लामा सोमबार ट्याक्टरले किच्दा एकजा महिलाको घटना स्थलमै मृत्यु भएको छ । भने,एक जना र्घाईते भएकी छन् । चन्दननाथ गरपालिका ३ निवासी २५ वर्षिया  हिरा अधिकारीको ट्याक्टरले किचेर ज्यान गएको हो । सोमबार विहानको ठिक ९ बजे  उनि छोरीकै कपला बाट्दै थिईन ।छोरीलाई स्कुल पुराउन तयारी गर्ने क्रममै सदरमुकामको पुर्वबाट पश्चिम तर्फजादै गरेको ना.६ त. २५७२ नम्बरको ट्याक्टरले उनकै आँखा अगाडी अन्दाजी १२ वषिर्या सविना शाहिको खुटा किचिन लाग्दा उद्धार गर्न जाने क्रममा हिरा अधिकारीले आफ्नै ज्यान गुमाईन ।

हाेटेल व्यवसायी अधिकारी  बच्चलाइ बचाउन जादा कसरी उनको मुत्यु भयो भन्ने विषयमा सबै अन्यौलमा छन् । प्रत्यक्षदर्शीका अनुसार भने, दुर्घटना नभई टयाक्टरले हिरा अधिकारीलाई किचेर मारेको जिकिर गरेका छन् ।

  ज्यान गुमाएकी अधिकारी ७ महिनाकी गर्भवति थिइन भने  घाइते शाहिलाई प्रतिष्ठानले जुम्लामा उपचार  हुन नसक्ने भनेपछि थप उपचारका लागि सोमबारनै नेपालगन्ज लगिएको छ ।

हिरा अधिकारीको मृत्युको घटनाले गर्दा जुम्ला बजार पुरै तनाव ग्रष्त भएको छ । मृतकका आफन्तले छानविन नहुन्जेल सम्म धर्ना तथा विरोधका कार्यक्रमहरु जारी राख्ने भन्दै होटल, पसल तथा स्टश्नरी लगायत सबै बन्द गरेका छन् ।

आफन्तहरुले टयाक्टरमा आगजनी गर्ने धम्की दिएपछि अबस्था नियन्त्रण गर्न प्रहरी १०/१२ राउण्ड असुर ग्याँस समेत प्रहार गरेको छ । दोषीलाई तत्काल कार्वाही  नभए कडा स‌ंघर्षमा उत्रने समेत चेतनावनी दिएका छन् । यता ट्याक्टर चालक बम बहादुर नेपाली अहिले प्रहरी नियन्त्रणमा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । छानविन नहुन्जेल सम्म ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहने उनको भनाई छ ।

आबेगमा आई बजार बन्द गर्नु राम्रो होईन । प्रजिअ पौडेलले भने, यसले समग्र जिल्ला बासीलाई असर पुराएको छ । तत्काल छानविन प्रक्रिया अघि बर्ढाई घटनाको दाषीलाई कानुन बमोजिक कारवाही गर्ने बताए । मृत्तकका आफन्तले गरेको तनाव सृजना लाई व्यवस्थापन गर्न सुरक्षा व्यवस्था निकै मजबुद पारिएको उनको भनाई छ । स्थानिय आक्रोसित हुनु स्वाभिक कुरो हो । तर स्थिती नियन्त्रण गर्न प्रहरी प्रसशान निकै लागि पर्ने बताइएको छ ।