च्याउ खेति बाट आत्मनिर्भर बन्दै महिलाहरु


अविरल ढकाल
फागुन २८, जुम्ला ।
च्याउ खेतिबाट जुम्लाका महिलाहरु आत्मनिर्भर बन्दै गएका छन् । महिला समुह मार्फत तथा व्यक्तिगत रुपमा समेत च्याउ उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्दै गएका हुन् । आफ्नो आय स्रोत नहुँदा अरुसँग सापटी मागेर भएपनि दैनिक आवश्यकता पुरा गर्दै आएका जुम्लाका महिलाहरुले अहिले आफै कमाउन थालेका छन् । आफुले कमाउन थालेपछि घरायसी खर्च टार्ने, छोराछोरीलाई नीजि विद्यालयमा पढाउनुका साथै सवै खर्च बाट बचाएर बचत गर्ने गरेका छन् ।

च्याउ खेति गर्न शुरु गरे देखि कसैसँग पैसा माग्न नपरेको र आफ्नै कमाई भएपछि आवश्यकता अनुसारको खर्च गर्न पाएको चन्दननाथ नगरपालिकाको वडा नम्बर २ की च्याउ उद्यमी लक्ष्मी बुढ्थापाले बताउनुभयो । पहिला श्रीमानसँग माग्न सारै गाहे हुन्थ्यो । अहिले आफुलाई मन लागेको खर्च गर्न र अरुलाई दिन सजिलो भएको समेत बुढ्थापाके भनाई छ । आफ्नै कमाई भएको हुनाले कसैको मुख हेर्नु पर्दैन । सबै महिलाहरु आत्म निर्भर हुनको लागि पढ्नु पर्छ भन्ने मात्र छैन, नपढेको भएपनि देखेको आधारमा व्यवसाय गर्दै आएको भन्दै बुढ्थापाले केही गर्नको लागि आफुमा इच्छा र शक्ति भए हुन्छ अरु केही पनि चाहिनेमा जोड दिनुभयो ।

एक वर्षमा ३० देखि ९० हजार सम्म च्याउ खेतिबाट कमाई भईरहेको छ । जसले गर्दा काम खोज्न कतै जानु परेको छैन । च्याउ खेति गर्नको लागी महिलाहरु समुहमा मिले्र काम गर्दै आएका छन् । आफ्नै घरको अन्य सबै काम सकेर च्याउ खेति गर्दै आएको चन्दननाथ नगरपालिकाको वडा नम्बर ९ की शोभा शाही ठकुरीले बताउनुभयो । आज भन्दा ६ वर्ष अगाडी श्रीमानको कमाईका आधारमा जीवन जिउने ठकुरी अहिले आफ्नै कमाईले आवश्यकता परिपुर्ति गर्दै आएको समेत ठकुरीले बताउनुभयो । च्याउ व्यवसायले परिवारमा धेरै खुशी लागेको छ । घर धन्दा संगै फजुल समयलाई निकाली च्याउ खेती गर्दा पनि उनको जीवन स्तरलाई माथि उकासेको छ । उत्पादन गरेको च्याउले भनेजस्तै मुल्य बजारमा पाएकोमा उहाँ धेरै खुसी हुनुहुन्छ । च्याउ व्यवसायले कसैको मुख ताक्न नपरेको बताउदै व्यवसायी ठुकरीले आफुले सिप सिकेपछि कसैसँग हात थाप्न नपर्ने भएको खुसि ब्यक्त गर्नुभयो ।

च्याउबाट राम्रो कमाई हुन्छ । आफ्नै घरमा व्यवसाय गरेपछि कमाउनको लागि बाहिर कतै जानु नपर्ने महिलाहरुले बताएका छन् । सिप सिक्ने हो भने कहिल्यै दुःख नहुने उनिहरुको् भनाईछ । पछिल्ला केहि समय यता जुम्लाका महिलाहरु पनि सक्रिय रुपमा काम गरेर आत्म निर्भर बन्दै आएका छन् । च्याउ खेतिबाट राम्रो आम्दानी गर्नको लागि काम गर्दै आएको भएपनि बजार व्यवस्थापनमा भने केही समस्या रहेको तिला गाउँपालिकाको वडा नम्बर २ लिहीकी च्याउ उद्यमी लछी बोहोराको गुनासो छ ।

बोहोराले च्याउ व्यवसाय गर्दै आएको ४ वर्ष भयो । उनको दैनिकी चार वर्ष देखि आफ्नै च्याउ उद्योगमा वित्ने गरेको छ । यसबाट सहकारीमा बचत गर्न, छोरा छोरीको कापी कलम गर्न सजिलो भएको बोहोराको भनाई छ । सबै महिलाहरु समुह मार्फत काम गर्न थालेपछि छिटो पनि हुने र कमाई पनि राम्रो हुन्छ । अहिलेको भन्दा धेरै च्याउ उत्पादन गर्न सकेपनि बजारमा मूल्य राम्रो पाईदैन उनको उस्तै गुनासो छ । एक्लैले यस्तो काम गर्न गाहे हुने भएकोले घरका सबै सदस्यहरुले सघाउनु पर्ने र घरपरिवारले च्याउ खेतीमा सघाउदै आएको बोहोराको भनाई छ ।

जिल्ला कृषि विकास कार्यालयसँगको समन्वयमा जिल्लामा रहेका सरकारी तथा गैरसरकारी संस्थाहरुले सञ्चालन गरेको तालिममा सहभागी भएर महिलाहरुले सामुहिक च्याउ खेति गर्न थालेका छन् । यो व्यवसायलाई निरन्तरता दिदै गएपछि कोही पनि बेरोजगार बन्नु नपर्ने च्याउ व्यवसायी महिलाहरुले बताईन् । जुम्लाका च्याउ उद्यमी महिलाहरुले कन्या च्याउ पाँच वर्ष देखि उत्पादन गर्दै आएका छन् ।