२ जेठ, काठमाडौं । निलम्वित क्रिकेटर सन्दिप लामिछानेलाई उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेलाई निर्दोष ठहर गरेको छ ।
न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई निर्दोष ठहर गरेको हो ।
हिजो मंगलबार र आज बुधबारको सुनुवाइपछि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले लामिछानेको मुद्दामा जिल्ला अदालतको फैसलालाई बदर गरेको हो ।
यो फैसला अघी लामिछानेलाई १३ पुस २०८० मा जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोगमा दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय, पीडितलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति र २ लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । उक्त फैसला विरुद्ध क्रिकेटर सन्दीप उच्च अदालत पुग्नुभएको थियो ।
स्मरण रहोस केही दिन देखि सन्दिपलाई कि न्याय देउ कि विश्वकप खेल्न देउ भन्दै यूवाहरुले आन्दोलन थालेका थिए ।
Prawash Kumar Shakya । २ जेष्ठ २०८१, बुधबार १७:१९ बजे