पवन जायसवाल ।
५ जेठ, नेपालगंज । यशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेले रक्तदान कार्यक्रम गरेको छ । संघले २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेको हो
हाम्रो शाक्य समाज बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि पदम कुमार शाक्य र यशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेकी अध्यक्ष सुर्दशना शाक्यले रक्त संकलन थैली प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश दहितलाई संयुक्त रुपमा हस्तान्तरण गरि कार्यक्रम शुभारम्भ गरिएको थियो ।
कार्यक्रममा सरेश पोखरेल, सीता शाही, ज्योति शाक्य, निर्मला बिक, तुलसी बस्नेत, आँचल तम्राकार, अजय गुप्ता, केशव क्षेत्री, सन्तोष सोतीमगर, श्याम काजी शाक्य, मीना घर्ती, प्रज्वल जोशी, अनुप श्रेष्ठ, प्रभाकर शाक्य, पदम श्रेष्ठ, निरज केसी लगायतले रक्तदान गर्नुभएको थियो ।
प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिल पुलामी, महेश दहित केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको कार्यक्रममा १६ पिन्ट रगत संकलन गरिएको थियो ।
Prawash Kumar Shakya । ५ जेष्ठ २०८१, शनिबार २०:२७ बजे