दुई मेरुदण्ड, चार हात र चार खुट्टा भएको शिशु जन्मियो


तस्विरः न्युज कारोबार ।

१९ असार धनगढी

कैलालीको टीकापुर अस्पतालमा मं‍गलबार बिहान अनौठो शिशु जन्मिएको छ। जन्मिने वित्तिकै शिशुको मृत्यु भएको छ। शिशुकाे एक टाउको, दुई मेरुदण्ड, चार हात र चार खुट्टा थिए।

जानकी गाउँपालिका बस्ने २२ वर्षीया सीता चौधरीले मंगलबार बिहान यस्तो अनौठो बच्चा जन्माएकी हुन्। बिहान करिब ११ बजेतिर बच्चाको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्रकुमार खनालले जानकारी दिए।

सोमबार राति व्यथाले च्यापेपछि  सीतालाई अस्पताल ल्याइएको थियो। ‘उहाँको गर्भावस्थामै अनौठो शिशु रहेको  पहिले नै थाहा थियो, डा‍‍‍. खनालले भने, ‘तर, शिशु बचेन।’ शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य छ।   अन्नपूर्णपोष्टबाट