
३१ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर्राष्ट्रिय दातृ संस्थाहरुको लगानी अनुसार कर्णालीले प्रतिफल पाउन नसकेको बताउनुभएको छ ।
कर्णालीमा कार्य क्षेत्र भएका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंगको आज छलफलमा मुख्यमन्त्री कँडेलले कर्णालीलाई अन्तर्राष्ट्रिय विकास साझेदारले उच्च प्राथमिकतामा राखेपनि यहाँ भइरहेको कार्यक्रमले आशातित सफलता हासिल गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रा सहयोगी दातृ निकायहरुको सहयोग अनुसार जति परिवर्तनको महशुस गनुपर्नेहो, कणा का नागरिकले परिवर्तनको महशुस गर्न सकेको अवस्था म देख्दैन ।’ अवसरको खोजीमा कर्णालीका गाँउहरु रित्तिदै गएको अवस्थाप्रति चिन्ता प्रकट मुख्यमन्त्री कँडेलले दातृसंस्थाका प्रतिनिधिहरुलाई रोजगारीको लागी बिदेशिने परिस्थिति अन्त्य हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कँडेलले अन्तराष्ट्रिय विकास साझेदार संस्थाहरुको विगतदेखीको लामो अनुभव रहेको चर्चा गर्दे अहिलेका नीतिले आशातित परिवर्तन हासिल गर्न नसकिए आवश्यक परे नीतिसमेत बदल्न पुर्नविचार गर्नुपर्ने धारणा राख्नुभयो । जनताको जीवनस्तर माथि उठाउन सरकारको मात्र एक्लो प्रयासले सम्भव नहुने भन्दै मुख्यमन्त्री कँडेलले विकास साझेदारलाई कर्णालीमा काम गर्ने उपयुक्त वातावरण र सहजीकरण गर्न प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताउनुभयो ।
कर्णाली अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका कार्यक्रमलाई एकिकृत रुपमा लैजान सके यसले ठूलो उपलब्धी हासिल हुने बताउदै मुख्यमन्त्री कँडेलले साझेदार संस्थाले गरेका कामले जनतालाई अनुभुती गराउन सक्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कँडेलले आजै सुर्खेतस्थित संघीय कार्यालयका प्रमुखसंग छलफल गर्दे कर्णाली प्रदेशमा भइरहेका कामको बारेमा जानकारी लिनुभएको थियो।
Prawash Kumar Shakya । ३१ बैशाख २०८१, सोमबार १९:३२ बजे