पाठेघरको मुखमा देखिने क्यान्सरको निशुल्क स्वास्थ्य परिक्षण


५,जेठ सुर्खेत । पाठेघरको मुखमा देखिने क्यान्सर रोगको निशुल्क स्वास्थ्य परिक्षण शिविर वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
सुन्दर कर्णालीको आयोजना,वीरेन्द्र्नगर नगरपालिका र वडा न ६को वडा कार्यलय को आर्थिक सहयोगमा शिविरको संचालन गरिएको थियो ।
सुन्दर कर्णाली संस्थाका संस्थापक अध्यक्ष स्व। डाक्टर सन्जु खड्काको स्मरणमा वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का ३० देखि ६० वर्ष उमेरका महिलाहरूको पाठेघरको मुखको क्यान्सर छनोट भिआइए एवं स्त्री रोग सम्बन्धी अन्य जटिलता का बारेमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।

शिविरमा ११४ जना महिलाहरुको चेकजांच गरिएको थियो । जांच गरिएका मध्य ५ जनामा पोजेटिभ , ७ जना संकास्पद र ७९ जनामा संक्रमित भेटिएको थियो। पोजेटिभ र संकास्पद लाई प्रदेश अस्पताल सुर्खेत मा रिफर गर्नु भयो र सक्रमितलाइ आवश्यक औषधि उपलब्ध गराइयो ।

सुन्दर कर्णालीका अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा सम्पन्न शिविरमा प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काको प्रमुख आतिथ्य्ता, बिशिस्ट अतिथि वडा नम्बर ६ का वडा अध्यक्ष जनक रावल यसैगरी बिशेष अतिथी बिरेन्द्रनगर नगरपालिकाका कार्यकारी अधिकृत लगाएयत अन्य विशिष्ट ब्याक्तित्वहरुको उपस्थित रहेको शिविरमा प्रदेश अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर ललित जंग शाहीज्यूको नेतृत्वमा अन्य स्वास्थ्यकर्मीहरू रहनु भएको थियो । शिविरमा प्रदेश अस्पताल सुर्खेत, नगर अस्पताल सुर्खेत र कालिका मेडिसिन डिस्टृब्युटर्सले औषधि सहयोग गरेका थिए ।