
२९ गते,पाेखरा/ नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की शाखाको प्रारम्भिक साधारण सभा एवं प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ ।
अधिवेशनका प्रमुख अतिथी समाजका केन्द्रीय अध्यक्ष एवं नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले रक्त संकलन थैली हस्तान्तरण र सुकुन्दामा दीप प्रज्वलन गरि उद्घाटन गर्दै हरेक यूवाले आफ्नो १८औं जन्मोत्सव सँगसँगै रक्तदान गर्ने अभियानमा सरिकहुन अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो “हामीले यहाँ रगत दानमा दिइ रहेका छौं तर सरकारका कारण दानमा लिएको रगतको विरामीले शुल्क तिर्नुपरिरहेको छ यो भन्दा ठूलो विडम्वना के हुनसक्छ ? यस्कालागि हामीले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएकाथियौं तर हाम्रो ध्यानाकर्षण माथि अहिले सम्म कुनै कदम चालिएको छैन् ।”
रक्तदान कार्यक्रम सहित गरिएको प्रारम्भिक साधारण-सभा एवं अधिबेशनमा विशेष अतिथि प्रहरी वरिष्ठ उपरिक्षक मुकुन्द मरासिनीले प्रमुख अतिथि कर्माचार्यलाई दाेसल्ला ओढाएर र सभाध्यक्ष दिपेन्द्र अधिकारीले मायाकाे चिनाे बुद्धमूर्ति उपहार प्रदान गरि सार्वजनिक सम्मान गर्नुभएको थियोे ।
समाजका पूर्वअध्यक्ष जितेन्द्रमान शाक्यद्वारा स्वागत गर्नुभएको कार्यक्रमकाे सहजीकरण नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका सचिव विशाल अर्यालले गर्नुभएको थियोे । कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा १० जनाले रक्तदान गर्नुभएको थियो ।
त्यसै गरि अधिवेशनले कास्की जिल्ला शाखाकाे नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । जसमाको अध्यक्षमा दीपेन्द्र अधिकारी, उपाध्यक्ष उपेन्द्र अधिकारी, सचिव विशाल अर्याल, काेषाध्यक्ष लेखनाथ रेग्मी, सदस्यहरूमा क्रमश: सुमन सापकोटा, महादेव अधिकारी, हिरामणी भूषाल, रामचन्द्र बगाले, कृष्ण खड्का, प्रबाेध महताे काेइरी र कृष्ण के.सी. रहनु भएकाे छ ।
Prawash Kumar Shakya । २९ बैशाख २०८१, शनिबार १७:१८ बजे