
५ जेठ, खप्तड । नेपाल स्वयंसेवी रक्तदाता समाजले आज सुदुरपश्चिम प्रदेशको ऐतिहासिक पर्यटकीय स्थल खप्तडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमै पहिलो पटक ३२ सय मिटरको उचाई रहेको स्थानमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं शतक रक्तदाता प्रेमसागर कर्माचार्य मानवीय जीवनको महत्वपूर्ण पक्ष रगत रहेकोले १८ बर्षको उमेर देखि रक्तदानमा लाग्न अनुरोध गर्नुभयो । उहाँ भन्नुहुन्छ ‘हामी स्वस्थ मानिसले जुनसुकै स्थानमा रक्तदान गर्न सक्छौ भन्दै उच्च स्थान रक्तदान कार्यक्रमको आयोजना गरेका हौं ।
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु गोविन्द वाग्ले, प्रेम लम्साल र विमल भित्रकोटी तथा शिखर नगरपालिका डोटीका पूर्व नगरप्रमुख सिताराम जीशीले रक्तदान गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नरेन्द्र बहादुर सिंहले रक्तदाता समाजले ऐतिहासिक खप्तड क्षेत्रमा महत्वपूर्ण कार्यक्रम रक्तदान कार्यक्रम गरेर सुदुरपश्चिमको पर्यटकीय क्षेत्र प्रवर्द्धन गरेकोमा आभार प्रकट गर्नुभयो
कार्यक्रममा समाजका केन्द्रीय सदस्यहरु प्रवास कुमार शाक्य, रामबहादुर खड्का सुशिल घर्ती समाजका डोटी जिल्लाका कोषाध्यक्ष उत्तम खड्का, सदस्य रामचन्द्र भट्ट, समरजीत गुल्मका क्याप्टेन भरत राना मगर, खप्तड राष्ट्रिय निकुन्ज प्रमुख सरोजमणी पौडेलको सहभागिता रहेको थियो ।
कार्यक्रममा समरजीत गुल्मको मेडिकल टिमले प्रविधिक सहयोग गरेको थियो ।
Prawash Kumar Shakya । ५ जेष्ठ २०८१, शनिबार १७:२९ बजे