कर्णालिमै जन्मे बहु प्रतिभाका धनि–बिनोद


रचना, संगित र स्वरको त्रिबेणि

कृष्णराज धमाला
चैत्र १, सुर्खेत ।

कालीकोट जिल्लाको पलाँता गाउँपालिका २ मा २०५२ सालमा जन्मेका गायक बिनोदकुमार न्यौपाने पलाँता गाउँपालिकाका स्वास्थ्य सह संयोजक हुन् । ब्यबसायीक रुपमा स्वास्थ्य क्षेत्रमा क्रियाशिल भएपनि बिनोदलाई स्वास्थ्य क्षेत्र भन्दा पनि संगित क्षेत्रले बढि चिनाएको छ ।

गीत संगित भनेपछि हुरुक्क हुने बिनोद सानै उमेर देखि गीतमा रमाउथे, संगितका तालमा डुब्थे । भित्रि मनको इच्छा क्रमशः पुरा गर्दैछन् बिनोदले बिभिन्न प्रकृतिका गीतहरु गाएर । उनि गाउने मात्रै गर्दैनन् शब्द लेख्छन् र संगित पनि भर्छन् । गीतको रचना गर्नु, संगित भर्नु र मिठो स्वर सबैलाई सुनाउनु बिनोदको बहुप्रतिभा हो भन्दा कुनै बेअर्थ हँुदैन होला । स्वास्थ्य क्षेत्रमा क्रियाशिल भएर नागरीकहरुको सेवा सँग सँगै गीत र संगित मार्फत पनि सकारात्मक सन्देश प्रवाह गरीरहेकाछन् बिनोदले । दर्शक श्रोताको माया ममताले संगितमा लागेर अहिले यहाँ सम्म पुगे, स्वास्थ्य सेवामा लागेको छु सबैको सेवामा कटिबद्व भएर जनताको निरन्तर स्वास्थ्यसेवा प्रति लागेकै छु र लाग्नेछु बिनोद भन्छन् । मेरो संगित प्रति मोह भएकाले शदैब संगितको यात्रामा निरन्तरता दिदै श्रोतालाई भरपुर मनोरंजन दिलाउन नयाँ नयाँ प्रस्तुतिका साथ श्रोताका मनमा बस्न सकु भन्ने सोचीरहन्छन् बिनोद ।
हाल सम्म आठवटा गीत रेकर्ड गराइसकेका बिनोद यो क्षेत्रबाट बाहीर निस्किन नसक्ने गरी मोहीत भएकोमा खुसीछन् । पछिल्लो समयमा सूचना प्रविधिको विकासले आफूहरुलाई सहयोग मिलेको अनुभव सुनाउने बिनोद गीतमार्फत पनि सकारात्मक सन्देश दिन सक्नु पर्नेमा जोड दिन्छन् ।

पलाँता भनेपछि अरुहरुले मन मार्ने गरेकोमा उनी दुःखी हुन्छन् । पर्यटकिय सम्भावनाहरुको खानी पलाँता भएकाले समग्र दृघकालीन विकास गर्ने रणनीति सहित काम गर्ने हो भने पलाँताको मुहार फेर्न धेरै समय नलाग्ने उनको विस्वास छ । हामी अरुलाई मात्रै दोष दिन्छौं, आफ्नो भूमिका निर्बाह गर्छौं कि गर्दैनौं भन्नेमा सबैले सँधै हेक्का राख्ने हो भने विकास भन्न टाढाको बिसम नभएको उनको तर्क छ ।

२०६९ सालमा पलाँताका चोट ठाडी, २०७२मा सम्झना आउँछ उनको घरिघरि र्याव, २०७३ मा सम्झनामा समर्पण बियोगान्त ठाडी, २०७४ मा दशै तिहार शुभकामना मखमलि सयपत्रि, २०७४ मा पानी बिनाको माछि सेन्टिमेन्टल लोक दोहोरि, २०७४ मा सब मिलि कुपोषण घटाउँ स्वास्थ्य संदेश देउडा, २०७४ मा परेरै होकि मैले कालिलाई हेरेको डिजे लोक पप, २०७४ मा फूल डिजे ब्लब गरौँ दारु पाटी लगायतका गीतहरु लय, शब्द र आफ्नै स्वरमा बिनोदले रेकर्ड गराएका हुन् भने दुइवटा गीत रेकर्ड भएकाछन् बजारमा आउन बाँकी छन् ।
यही क्रमलाई निरन्तरता दिन सके बिनोदको भविष्य उज्वल मात्रै छैन, यो प्रतिभा कुनै बेलाको इतिहाँस बन्नेमा शंका नहोला ।