बहिरा विद्यार्थीहरु संग “मोटे ग्याङ्ग नेपाल”को जनैपूर्णिमा


३० श्रावण, सुर्खेत । पश्चिम नेपालको कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल समूह “मोटे ग्याङ्ग नेपाल”ले आज प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित सिद्ध बालबहिराको स्कूलमा जनै पूर्णिमा मनाएको छ ।

मोटे ग्याङ्ग नेपालले केही समय अगाडी पनि सोही स्कूलमा छात्रा विद्यार्थीहरुकालागि सेनेटरी प्याड निशुल्क वितरण गरेको थियो ।

विद्यालयमा अध्ययनरत करिब ८५ जना विद्यार्थीहरुलाई जनै पूर्णिमा रक्षा बन्धनको अवसरमा खुशीयाली साटासाट एवं विद्यार्थीहरुमा संस्कृतिको प्रभावकायमै होस भन्ने उद्देश्यले समूहका सदस्यहरु विनय भण्डारी, अञ्जली देवकोटा, नेहा शर्मा र टोपेन्द्र थापाको सहयोगमा कार्यक्रमको आयोजना गरेको मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले बताउनुभयो ।

कार्यक्रममा सिद्ध बाल बहिराको स्कूलका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले विद्यार्थीहरुको खुशीयालीकालागि समूहले गरेको कामको प्रशंसा गर्नुभयो ।

मोटे ग्याङ्गले यस भन्दा अघि पनि अशक्तअसहाय एवं विभिन्न सामाजिक कार्यहरुमा काम गर्दै आएको छ ।