
नेपालगन्ज (बाँके) । बासको २५ औं रजत वर्ष तथा २३ औं बार्षिकोत्सको अवसरमा रक्तदान कार्यक्रमको सम्पन्न भएको छ ।
नेपालगन्जको सुर्खेतरोड स्थित स्वास्तिक कटेजमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित १२ जनाले भाद्र २० गते रक्तदान गर्नुभएको थियो । रक्तदान गर्नु हुने ब्यक्तित्वहरुमा बासका कार्यकारी निर्देशक नमस्कार शाह, नेपाल प्रेस युनियन बाँकेका तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सचिव भिष्म लोध, बिरु गोडिया, कर्णराज रिमाल, अनिक्षय केसी, हेमराज भट्ट, माधव कार्की, तेज बोहरा, मन बहादुर भण्डारी, मेगा राना, रचना कुमारी चौधरी, रहान थारु हुनुहुन्थ्यो ।
उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सुनिता कुमाई, कबिता पंगेनी, एलिसा चौधरी, ओम प्रकाश गोडिया र बीरेन्द्र योगीले प्राविधिक सहयोग गर्नुभएको थियो ।



Prawash Kumar Shakya । २१ भाद्र २०८३, आईतवार १९:२६ बजे