सम्पतिमा महिलाको पहुँच बढ्दै


अविरल ढकाल, जुम्ला
माघ २१
नेपाल पितृ सात्तात्मक देश अझ पुरुष प्रधान देशमा पहिले देखि नै पुरुषको नाममा मात्र सम्पति हुन्थ्यो तर एकाईसौ शताव्दीमा आई सक्दा पनि महिलाले आफ्नै नाममा सम्पति नहुनु विडम्वना हो तर यो विडम्वना लाई चिर्दै जुम्लाका महिलाहरुले सम्पतिमा आफनो पहुँच बढाएका छन् ।

नेपाल सरकारले महिलाको नाममा सम्पती राख्ने व्यवस्था गरेपछि जुम्लामा महिलाहरुको सम्पतीमा पहुँच बढ्दै गएको हो । घर धन्दा धान्ने महिला नै तर महिलाको नाम एक टुक्रा जमिन वा महिला कै नाम केही पनि नहुनु महिलाहरुको लागि घरमा पालिने पशु माथि गरिने व्यवहार जस्तै हो । तर अहिले जुम्लाका महिलाहरुले आफ्नै नाममा घर जग्गा र सम्पति पास गर्ने थालेका छन् ।

सरकारले महिलाको नाममा घर जग्गा पास गर्दा राजश्वमा पचास प्रतिशत छुट गरे पछि जुम्लाका महिलाले आफ्नै नाममा घर र जग्गा पास गर्न थाले संगै राजश्व संकलनमा पनि वृद्धि भएको छ ।

जिल्ला मालपोत कार्यालय जुम्लाका निमित्त प्रमुख रामलाल प्याकुरेलले भने, आर्थिक वर्ष ०७४/०७५ पहिलो चौमासिकमा २११ जना महिलाहरुले आफ्नै नाममा घर जग्गा पास गरेका छन् । गत वर्ष ४२१ जना महिलाले आफ्नै नाममा जग्गा पास गरेका थिए । प्याकुरेलले भने बढ्नुको कारण सरकारले महिलाको नाम जग्गा पास गर्दा पचास प्रतिशत छुट दिएकोले र अव महिलाको नाममा पनि घर जग्गा हुनुपर्छ भन्ने जनचेतनाले महिलाहरुले आफ्नै नाम घर जग्गा पास गर्नेको संख्या जुम्लामा बढेको प्यककुरेलले बताए ।

नेपाल सरकारले महिलाहरुले आफ्नै नाम घर जग्गा पास गर्दा गाँउपालिकाका एकल महिलाहरुलाई ३५ प्रतिशत र नगरपालिका एकल महिलाहरुलाई २५ प्रतिशत रानश्व छुट दिने व्यवस्था गरेको प्याकुरेलले बताए ।

महिलाको नाममा घर जग्गा पास गर्नेले महिला एकल भए पनि पचास प्रतिशत राजश्व संंकलनमा छुट दिइने व्यवस्था छ ।

मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष ०७४/०७५ को पहिलो चौमासिकमा नै ५७ लाख ५ हजार १२१ रुपैँया राजश्व संकलन भएको गरेको छ । गत वर्ष १ करोड ७८ लाख ९ हजार राजश्व संकलन भएको थियो । पहिलो चौमासिकमा नै १५ प्रतिशतले राजश्व संकलनमा वृद्धि भएको जिल्ला मालपोत कार्यालय जुम्लाका कम्प्युटर अपरेटर सचेत कुमालले बताए ।

आर्थिक वर्ष ०७४/०७५ मा मालपोत कार्यालय जुम्लाले ९५ लाख ५७ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा पहिलो चौमासिकमा नै आधा भन्दा बढी राजश्व संकलन भईसकेको छ ।