बाँकेको गुरुवागाउँमा २३ जनाले गरे रक्तदान 


नेपालगन्ज (बाँके) । श्री नेपाल राष्ट्रिय आधाभूत बिद्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले भादौं २६ गते शुक्रवार रक्तदान गरेका छन् ।

जानकी गाउँपालिका वार्ड नं.–५ का वडाध्यक्ष टिकानाथ यादव र निर्वतमान अध्यक्ष रमेश कुमार वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मनमोहन वर्मा र श्री नेपाल राष्ट्रिय आधाभूत बिद्यालयका प्रधानाध्यापक सन्ध्या शर्माले प्रादेशिक रक्त सचार केन्द्र नेपालगन्जका प्राबिधिक महेश दहित, सन्दिप आचार्य र लोकेश थारुलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।

जानकी गाउँपालिका वार्ड नं.–५ गुरुवागाउँ स्थित नेपाल राष्ट्रिय आधाभूत बिद्यालयको आयोजनामा र नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको समन्वयमा ‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा रक्तदान संकलन गर्नेहरुमा महेश दहित, सन्दिप आचार्य, लोकेश थारु, रुपेह थारु, सञ्जय बढही र बीरेन्द्र योगीले प्राबिधिकमा सहयोग गर्नुभएको थियो ।

कार्यक्रममा अन्य सहयोगीमा बाँकेका शतक रक्तदाता पवन जायसवाल, बिद्यालयका शिक्षकहरुमा बिन्दू बर्नवाल, सीता बिक, मीना भण्डारी, धर्मेन्द्र वर्मा, तारा बहादुर बिष्ट, सीता भण्डारी, साजिद खान लगायत सहयोग गर्नुभएको थियो ।

आयेजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने ब्यक्तित्वहरुमा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अकबर अली मनिहार, शिक्षकहरुमा साकीर खान, श्रवण कुमार यादव, मोहम्मद जाहिद खानले रक्तदान गरेका छन् । यसरी रुसतम अली दर्जी, शमशेर खान, राजेश राँढ, रहमत अली साई, अम्बेलाल कुम्हार, अरमान सिद्दिकी, रामु चमार, प्रवेश खटिक, दानिस खान, जीवन खान, अबरार खान, रिजवान सिद्दीकी, धर्मेन्द्र सिंह, भगवान शरण यादव, सब्बिर हुसेन मनिहार, मोहम्मद रफीक साई, मोहम्मद रब्बान शेष, रुकमान खान र इरसाद खान लगायत २३ जनाले रक्तदान गर्नुभएको थियो । उक्त कार्यक्रममा सम्पूर्ण रक्तदाताहरुलाई गम्छा ओढाएर सम्मान गर्नु भएको थियो ।