वैशाख १७, हुम्ला |
उद्योग वाणिज्य संघ हुम्लाको २२औँ अधिवेशनले पूर्व अध्यक्ष नामग्याल तामाङको नेतृत्वको कार्य समिति र्निविरोध निर्वाचित गरेको छ । आइतबार उद्योग वाणिज्य संघ हुम्लाको साधारण सभा तथा अधिवेशनले पूर्व अध्यक्ष तामाङलाई र्निविरोध निर्वाचित गरेको हो ।
वरिष्ठ उपाध्यक्ष छक्क रोकाया, उपाध्यक्ष रामबहादुर भणडारी, सचिव रविन कुमार बस्नेत, सह सचिव प्रकाश रावत, कोषाध्यक्ष सुनामबहादुर लामा निर्वाचित भएका छन् ।
यस्तै गरी सदस्यहरु हरिबहादुर सुनार तीर्थराज बोहोरा, टेकबहादुर रोकाया, कैलाश रोकाया, भैरबहादुर शाही कुन्साङ लामा र रशेम महत चयन भएका छन् ।
निर्वाचित हुनु भएका अध्यक्ष तामाङले आफ्नो कार्यकालमा सबै व्यवसायीहरुलाई समेटेर नै अघि बढ्ने बताएका छन् । अब ४ वर्षसम्म व्यवसायीहरुको हितमा काम गरी अघि बढ्ने तामाङले बताए । नयाँ पत्रिका



Milan Shrestha । १७ बैशाख २०७५, सोमबार १३:०८ बजे