तत्कालका लागि वैकल्पीक उर्जा एक मात्र विकल्प : मुख्यमन्त्री शाही



१७ जेष्ठ,सुर्खेत ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले ठुला जलविद्युत आयोजना निर्माण नहुन्जेल सम्मका लागि कर्णाली प्रदेशमा विद्यतीकरणको एकमात्र विकल्प वैकल्पीक उर्जा रहेको वताउनुभएको छ । सुर्खेत को विरेन्द्रनगरमा वैकल्पीक उर्जा प्रवर्द केन्द्रद्धारा विहिवार आयोजित नवीकरणीय उर्जा प्रर्वद्धन प्रदेश सरकारको भुमिका सम्वन्धि कार्याशाला गोष्ठीलाई सम्वोधन गर्दै राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको कर्णालीमा वैकल्पीक उर्जाको विशेष कार्यक्रम संचालन गर्न केन्द्रलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री शाहीले भन्नुभयो ‘कर्णालीमा तत्काल विद्युतिकरणको आवश्यकता पुरा गर्न वैकल्पिक उर्जाका सवै कार्यक्रम कर्णालीमा केन्द्रीत गर्नुहोस ।’ उहाँले वैकल्पिक उर्जाको प्रयोग मार्फ खानेपानी, सिंचाई र विद्युतीकरणका समस्या हल गर्न र उत्पादको वृद्धि गर्न समेत सकिने वताउनुभयो ।

कर्णाली प्रदेशमा वैकल्पीक उर्जाको प्रयोग मार्फ जनताको समस्या हल गर्नका लागि प्रदेश सरकार समेत लगानी गर्न तयार रहेको वताउदै मुख्यमन्त्री शाहीले गुणस्तरीय र दिगो रुपमा काम गर्न वैकल्पीक उर्जालाई आग्रह गर्नुभयो ।
मुख्यमन्त्री शाहीले प्रदेश राजधानी सुर्खेतमा तत्काल १ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न पनि वैकल्पी उर्जा प्रर्वद्धन केन्द्रलाई आग्रह गर्नुभयो । उहाँले प्रदेश राजधानीमा विद्युत आपुर्भतीमा भएको समस्याका कारण प्रदेश सरकारको कार्यसम्पादनमा पनि समस्या पैदा भएको वताउदै प्रदेश सभा र मन्त्रालयहरुमा तत्काल सौर्य विद्युत प्रणालीको स्थापना गरि समस्या सामाधान गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सभाका सभामुख राजवहादुर शाही, नेपाली काग्रेस संसदीय दलका नेता जीवनवहादुर शाही, पुर्व मन्त्री एवं संसद यमलाल कँडेल र वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल लगायतले आ आफनो धारणा राख्नुभएको थियो ।