तिम्रो सम्झनामा


जब म सधैं हिड्ने बाटाहरुमा
लाग्छ अब कहिल्यै हिड्ने छैन
ती थकाइ मेटाउने चौतारीहरुमा
लाग्छ अब कहिल्यै निर्धक्क बस्न सक्ने छैन !

बाटाहरु फेरिएका हुन् या चौतारी
फेरिएकाहरु भित्र म नदेख्ने भए ति मेरा प्यारा दौँतरी !
म आफू फेरिने त अनेक कारणहरु थिए !
नफेरिएकाहरुले किन चोट दिन्छन् अनेक थरी
जब उनीहरुको बिचमा हुन्छु
फेरि निशब्द, मौन,
तिम्रो सम्झना मा !!!

तिम्रो आँखामा देखिने आगो
आज सधैंका लागि निभेको देखेको छु ।
तिम्रो निधारमा देखिने त्यो चमक !
आज सधैंका लागि ओइलिएको देखेको छु ।
हाम्रो खुसीमा तिम्रो छाती भित्र नाँच्ने !
ती सुन्दर रक्तबिचहरु !
आज खै कता हराएको देखेको छु ।                                               कवि विवशकुमार सेजुवाल
जब म तिम्रो आँखा भित्र हुन्छु ।
अनि तिमी रुने ठाउँमा म आफै रुन्छु !
तिम्रो सम्झना मा !!!

आँसु झरेर आँखा सेलाएका छैनन् ।
उनीहरुको ओठमा देखिने ती मुस्कानहरु
हाम्रा भने पटक्कै होइनन् !
छाती पिटिरहेका ती कोपिला
आज बेखबर जस्तै छन् !
तिम्रो उस्तै तर फरक
बलिदान र बिरताको गाथा सम्झिदा !
ताराहरु झरेर आकाश कहिल्यै रित्तो हुँदैन !
बन डडेलोले खाँदैमा मृग कहिल्यै भोको हुँदैन
छाती भित्र जत्रो हुटहुटी चले पनि
मनले भन्छ अहँ पटक्कै रुनु हुँदैन
तर अनायासै बर्सिने बर्शाहरु !
आँखाको परेलीमा छुनु त कहिल्यै हुँदैन
यी सब थोक
तिम्रो सम्झना मा !!!