जाग युवा जाग


-सहयात्री धनु वली
जाग युवा जाग, देशले भन्दैछ

विकाशतिर लाग, देशले भन्दैछ ।

हत्या हिंसा अपहरण, वढेको छ आजभोलि
रक्त पर्खाल ननाघ, देशले भन्दैछ ।

अमानवता _अराजक्ता, वढ्दाखेरि यहाँ
त्याग रिस राग, देशले भन्दैछ ।

खुलमखुल्ला लाजमर्दा, कर्म हुदैछन
नग्न शरिर ढाक, देशले भन्दैछ ।

भुल्नुहुन्न नेपालि, विरका कथाहरू
नकाटिदेउ नाक, देशले भन्दैछ ।

तेत्तिसकोटि देवतासंग, सम्वृद्दिका आर्शिवाद
हात थापेर माग, देशले भन्दैछ ।