कालीवहादुर मल्ल
साउन १९, कालीकोट ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला सडक खण्ड अन्तरगत कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका –८ सेराबाडामा ट्याक्टर दुर्घटना हुँदा सुर्खेत गुटु ु–८ का २६ वर्षीय चालक सुरथसिंह बोहराको मृत्यु भएको छ ।
तिलागुफा नगरपालिका –७ छाप्रेबाट खाँडाचक्र तर्फ आउँदै गरेको ट्याक्टर शुक्रबार राति दुर्घटना हुँदा चालक वोहोराको मृत्यु भएको कालीकोटका प्रहरी प्रमुख डिएसपी सुवासचन्द्र वोहोराले जानकारी दिनुभएको छ ।
डिएसपी वोहोराका अनुसार ट्याक्टरको ब्रेक फेल भएर सडकभन्दा २ सय मिटर तल खसेर घटनास्थल मै चालकको मृत्यु भएको र मृतकलाई पोष्टमाडमका लागि शनिवार जिल्ला अस्पतालमा राखिएको छ ।



Milan Shrestha । १९ श्रावण २०७५, शनिबार ११:३८ बजे