
२६ श्रावण, सुर्खेत । हरेक बर्ष मौलिक तीज गित बजारमा ल्याएर चर्चित हुनुभएका सुर्खेतका युवा कलाकार हरि विष्टले यस बर्ष पनि “माइती देश सम्झेर रुन्छ मेरो मन” बोलको तीज गित बजारमा ल्याउनुभएको छ ।
मोडेल दिपाशा विसीको शब्दमा विष्ट आफै संगित दिएर तीज गित ल्याउनुभएको हो । गीतमा माइतीघरका कुराहरुलाई समेटिएको छ ।
अहिलेका चर्चित गायिका टिका पुनको स्वरमा रहेको तीज गितको भिडियोमा स्मृति तिमिल्सिनाको निर्देशन, करण चौसिरको छायाँङ्कन र प्रविन भट्टको सम्पादन रहेको भिडियोलाई विष्टको गंगामाला फिल्मस् ले युट्युव च्यालनबाट सार्वजनिक गरेको छ । ।



Milan Shrestha । २६ श्रावण २०७५, शनिबार १०:२० बजे