नेकपाले थाल्यो सडक निर्माण गर्न, ३० करोड बढि बजेट लाग्ने


वैशाख १३, सुर्खेत ।

नेकपा कालीकोटले लालु लैफु सडक खण्डको खुलालु माल्कोट सम्मको सडक निर्माण कार्यलाई निरन्तरता दिइरहेको छ । एउटा डोजर सहित २४ जना कार्यकर्ताहरुले साढे ६ किलोमिटर लम्बाइको सडक निर्माण कार्य जारी राखेको हो ।

जिल्ला सेक्रेटरी मुनीलाल ऐडिले दिएको जानकारी अनुसार स्थानिय बलबहादुर बुढाको अध्यक्षतामा निर्माण समिति गठन गरी भाडामा डोजर लिएर जनताको सहयोगमा सडक निर्माण भइरहेको छ । ४० बर्ष अघि सर्भे र सिलन्यास गरीएपनि हाल सम्म २ करोड बढि खर्च भएपनि कुनै काम नभएकोले केन्द्रिय पार्टीको प्लानमा जिल्लाले निर्माणको काम गरीरहेको ऐडिको भनाई छ ।

दिनमा २ सय लिटर पेट्रोल खर्च हुन्छ, कार्यकर्ताहरु निशुल्क काम गर्छन्, खाद्यान्न र मेसको ब्यबस्था छ, जनस्वयंसेवकहरु खटिरहेको सेक्रेटरी ऐडिको भनाई छ । ३० करोड बढि लगानी हुने आँकल गरीएको जानकारी दिदै ऐडिले गाउँपालिकाले ३ करोड बजेट बिनियोजन गरेपनि आफूहरुले आफै काम गरीरहेको बताउनुभयो ।