
भाद्र १५, सुर्खेत ।
कर्णाली प्रदेशमा भू–जलाधार व्यवस्थापन कार्यालयको औपचारिक स्थापना भएको छ । यसअघि जिल्ला–जिल्लामा रहेका भूसंरक्षण कार्यालयहरु संघीय संरचनासंगै खुम्चिएका हुन् । प्रदेश वन निर्देशनालय अन्र्तगत सुर्खेत र जुम्लामा भू–जलाधार व्यवस्थापन कार्यालय कायम भएका छन् ।
भू–जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिवराम अधिकारीले सुर्खेत, दैलेख र सल्यान जिल्ला हेर्ने जानकारी दिदै सुर्खेत कार्यालय साबिकको जिल्ला भूसंरक्षण कार्यालयमै स्थापना गरिएको छ भने जुम्लाले माथिल्लो कर्णालीका पाँच जिल्ला हेर्ने छ । जाजरकोट स्थित भू–जलाधार व्यवस्थापन कार्यालय भने संघ मातहतमा रहने भएको छ । यसले पश्चिम रुकुम पनि हेर्नेछ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले चालू आवमा जलाधार क्षेत्रमा १७ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ । उहाँले सो बजेटको सही सदुपयोग हुने गरी कार्ययोजना बनाउन निर्देशन दिएको बताइएको छ ।



Milan Shrestha । १५ भाद्र २०७५, शुक्रबार १७:०६ बजे