जेठ, २६ सुर्खेत ।
कर्णाली प्रदेशको जुम्लामा तारा एअरको विमान दुर्घटनामा परेको छ । ९ एमएइभी कल साइन भएको तारा एअरको विमान शनिबार दिउँसो एयरपोर्टमा अवतरणको क्रममा दुर्घटनामा परेको हो ।
प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले दिएको जानकारी अनुसार विमान अवतरणका क्रममा धावन मार्गमा अघिल्लो भागको चक्का पञ्चर भएर धावन मार्गमा नोज ठोक्किएकाले दुघटना भएको हो ।
चालक दलका दुई सदस्य सहित विमानमा १६ जना यात्रु सवार रहेका थिए, मानविय क्षति भने भएको छैन ।



Milan Shrestha । २६ जेष्ठ २०७५, शनिबार ११:२६ बजे