रसुवामा भिषण बाढी, सम्पर्क विहिन भएका ९ ससस्त्र प्रहरी मध्य ५ जना सम्पर्कमा


आज रसुवा जिल्लाको टिमुरेमा तिब्बत तर्फबाट आएको आकस्मिक भिषण बाढीले ठूलो क्षति भएको अनुमान गरिएको छ । रसुवाको वेत्रावती बजार र स्याप्रुवेसी बजारमा ठूलो क्षति पुगेको छ ।

बाढीले ३ प्रहरी कार्यालय ३ वटा जलविद्युत आयोजना बगाएको छ भने टिमुरेका सम्पर्क विहीन भएका ९ जना ससस्त्र प्रहरी मध्य ५ जना सम्पर्कमा आएको कान्तिपूर टिमीले जनाएको छ । यता धादिङ्ग प्रशासनले त्रिशुली नदी लगाएतका तटीय क्षेत्र सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्दारकाकालागि नेपाली सेना, ससस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गरिएको बताउनुभएको छ ।