संविधान दिवसको अवसरमा वृक्षारोपन


मिलन श्रेष्ठ
सुर्खेत, असोज १ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना पुरा गर्नका लागि सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार संबिधान दिवसको अवसरमा सुर्खेतको विमान स्थलमा आयोजित वृक्षारोपण कार्यक्रमा बोल्दै उहांले यस्तो बताउनु भएको हो । उहांले पुरानो सोचलाई परिवर्तन गरेर नयाँ ढंगले विकास गर्नतर्फ लागेमा मात्रै समृद्ध नेपालको सपना पुरा हुने बताउनु भयो ।

जनताको हितका लागी प्राण त्याग्न तयार भएमात्र जनताले सोचेको अपेक्षा पुरा गर्न सकिने मुख्य मन्त्री शाहीको भनाई छ । अन्य प्रदेशले अनुसरण गर्ने खालको कर्णाली प्रदेशको बाताबरण हुनुपर्ने उनको जोड् छ । समृद्ध समाज निमार्ण गर्नको लागी अग्रजहरुले केहि अग्रीम भुमिका निर्वाह गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह समेत गर्नुभयो ।

यस्तै, कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले संविधानको सफलपुर्वक कार्यान्वयन गर्नका लागि सबैको एक्यवद्धताको आवश्यकता पर्ने बताए । सुखी नेपाली र समृद्ध नेपाल बनाई नेपाल सरकारको चाहाना पुरा गर्ने अभियानमा लाग्नु पर्ने उनको भनाई छ । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, प्रदेश सरकारका कर्मचारी, सुरक्षाकर्मी र स्थानियहरुको बाग्लो उपस्थित रहेको थियो ।