
२० पौष, राकम, सुर्खेत । २११औं लुईस ब्रेल जयन्तिकाे अवसरमा दृृष्टिविहिन हेरविचार केन्द्र सुर्खेतले अमेरिकामा बस्ने नेपाली समाजसेवी जयन्ती थापाले प्रदान गर्नुभएको रु २५ हजार सहयोग रकमले आज ३ थान खाट र सिरक डसना बागेश्वरी मावि राकम सिम्तामा अध्ययनरत दृष्टिविहिन विद्यार्थीहरुको छात्राबासकालागि हस्तान्तरण गरेको छ ।
अपाङ्ग उत्थान केन्द्रको समन्वयमा दृष्टिविहिन हेरविचार केन्द्रले बागेश्वरी माविमा अध्ययनरत दृष्टिविहिन विद्यार्थी र अपाङ्गता भएका विद्यार्थीहरुकालागि सहयोग सामाग्री हस्तारण गरेको केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले बताउनुभयो ।
सोही अवसरमा अपांग उत्थान केन्द्रका अध्पक्ष याेगेन्द्र शाही र प्र.अ.काैशल्या देवि सिंहलाई दृष्टिविहिन हेरविचार केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले खादा लगाईदिएर सम्मान गर्नुभएको थियो ।
समाजसेवी जयन्ती थापाको सहयोगमा केन्द्रले यसअघि पनि जुम्लामा दृष्टिविहिन विद्यार्थीहरुलाई आवश्यक सामाग्री वितरण गरेको थियो ।




Milan Shrestha । २० पुष २०७५, शुक्रबार १८:०० बजे