मेरो गाउँ


                                        भरतराज बिष्ट ‘आँसु’
दुःखै दुःखको छानो हालेर बसेको छ मेरो गाउँ
जहाँ त्यहि छानोमा दुःखका सुस्केराहरु
कोयलीको धुन बनेर राम रावणका कथा सुन्दैछन्
कसैले बिर महापुरुष हनुमान बनेर
लक्ष्मणको ज्यान जोगाउने योजना बुन्दैछन्
सतिले सरापेको ठाउँ बनेको छ मेरो गाउँ
बिकटताको बिम्व बनेको छ मेरो गाउँ
होइन नदिको छालमा तैरिरहेका चेपागाँडाहरु पनि
साँझ पर्न दिदैनन् दैनिक कराउने झ्याँउकिरिहरु पनि
कौसिमा बसेर समृद्धि खोजिरहेका रामे श्यामेले आजकल
बज्रपात खसालेका छन् आफ्नै घरको आँगनिमा पनि
किताब बोक्ने झोलामा नुन बोकेर
खच्चर बनेको छ जिन्दगी चित्त ठोकेर
अभावको पगरी गुथेर
सम्भावनाहरुका ढोकामा ताल्चा ठोकेर
टुलुटुलु समृद्धिका भाषणहरु सुन्न विवस छ मेरो गाउँ ।
कालीकोट